भारतको पर्यटन क्षेत्रमा तीव्र विस्तार हुने « Khabarhub

भारतको पर्यटन क्षेत्रमा तीव्र विस्तार हुने


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको पर्यटन क्षेत्रको तीव्र गतिमा विस्तार भइरहेको छ । सन् २०२८ सम्म भारतले पर्यटन क्षेत्रबाट ५ लाख १२ हजार ३ सय ५६ भारतीय रुपैयाँ अर्थात् ५९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा गरिएको छ ।

क्यापिटल माइन्ड पीएमएसले जारी गरेको प्रतिवेदनमा भारतको आन्तरिक पर्यटन सन् २०२४ देखि सन् २०२८ सम्म दोब्बरले वृद्धि हुने जनाइएको छ । सन् २०२४ मा भारतको आन्तरिक पर्यटन क्षेत्रको बजार २ अर्ब ५० करोड डलर रहेको छ ।

सन् २०२८ सम्म यो दोब्बरभन्दा धेरैले बढेर ५ अर्ब २० करोड डलर हुनेछ । यसअनुसार हरेक वर्ष यो क्षेत्र १३.४ प्रतिशतले वृद्धि हुनेछ ।

त्यसैगरी, आन्तरिक उडान पनि सन् २०३० सम्म दोब्बरले वृद्धि हुने अपेक्षा छ । आन्तरिक उडान भर्ने यात्रुको सङ्ख्या सन् २०२४ मा ३० करोड ७० लाख रहेकोमा सन् २०३० मा दोब्बरभन्दा धेरैले बढेर ६९ करोड ३० लाख पुग्नेछ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : ५७ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका