पाकिस्तानको राजधानीमा आपराधिक घटना बढे, प्रहरी नै पीडित « Khabarhub

पाकिस्तानको राजधानीमा आपराधिक घटना बढे, प्रहरी नै पीडित


१ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको राजधानी इस्लामावादमा आपराधिक घटना बढ्दै गएको पाइएको छ । पछिल्लो एक सातामा मात्रै राजधानी शहरमा चोरी, डकैती, लुटपाट, हत्याजस्ता आपराधिक घटना भएका छन् ।

बिजनेस रेकर्डरका अनुसार शहरको कराँची कम्पनी, औद्योगिक क्षेत्र, कारल, हुमक, अबपारा, कोशरजस्ता क्षेत्रमा यस्ता घटना भएका छन् । यी क्षेत्रमा आपराधिक गिरोहको सक्रियता पनि उच्च रहेको जनाइएको छ ।

केही दिनअघि ई–११÷२ क्षेत्रमा दुई जना प्रहरी नै अपराधिक घटनाको शिकार भएका थिए । सो स्थानमा १५–२० जना अपराधीले दुई जना प्रहरीलाई आक्रमण गरी केही समयका लागि बन्धक बनाएका थिए ।

पछिल्लो सयम पाकिस्तान प्रहरीले सडकमा सर्भेलन्स क्यामेरा जडान गरेको छ । त्यसबाहेक सुरक्षा व्यवस्थाका लागि प्रहरीको गस्ती पनि गरिरहेको छ ।

प्रहरीको चुस्तताका बावजुद आपराधिक घटनामा कमी नआएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ८ : २३ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही