फिलिपिन्स र अष्ट्रेलियाबीच सैन्य अभ्यास शुरु « Khabarhub

फिलिपिन्स र अष्ट्रेलियाबीच सैन्य अभ्यास शुरु


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रशान्त क्षेत्रमा चीनले आफ्नो प्रभाव बढाइरहँदा फिलिपिन्स र अष्ट्रेलियाले संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् । दुई मुलुकले दक्षिण चीन सागर नजिकै अभ्यास गरेका हुन् ।

अभ्यासमा ३ हजार ६ सयभन्दा धेरै सैनिक सहभागी रहेको डिफेन्स न्यूजले जनाएको छ । अभ्यासलाई ‘अलोन’ नाम दिइएको छ । फिलिपिनी भाषामा यसको अर्थ तरङ्ग हुन आउँछ ।

यस अभ्यासमा गाइडेड क्षेप्यास्त्रवाहक युद्धपोत, एफ/ए–१८ सुपरसोनिक लडाकु विमान, सी १३० विमान, ज्याभलिन ट्याङ्क प्रतिरोधी क्षेप्यास्त्र र विशेष हतियार प्रयोग गरिएको छ । यस अभ्यासमा जापान, अमेरिका, क्यानाडा, दक्षिण, कोरिया र इन्डोनेशियाका सैनिक अधिकारी पनि पर्यवेक्षकका रुपमा उपस्थित छन् ।

यस अभ्यास आगामी अगस्ट २९ सम्म सञ्चालन हुने छ । पछिल्लो समय दक्षिण चीन सागरमा तनाव बढिरहेका बेला फिलिपिन्स र अस्ट्रेलियाले सञ्चालन गरेको अभ्यासलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ८ : ३१ बजे

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा