ब्रासको आक्रमणमा परी दुई दर्जन पाकिस्तानी सैनिक मारिए « Khabarhub

ब्रासको आक्रमणमा परी दुई दर्जन पाकिस्तानी सैनिक मारिए


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलोचिस्तानमा बलोच रिपब्लिकन आर्मी (ब्रास) ले आक्रमण गर्दा दुई दर्जन पाकिस्तानी सैनिक मारिएका छन् । ब्रासले जारी गरेको विज्ञप्तिमा गत अगस्ट १० देखि १५ अगस्टसम्म गरिएका विभिन्न ७१ वटा आक्रमणमा परी २४ जना पाकिस्तानी सैनिकको मृत्यु भएको दाबी गरिएको छ ।

द बलोचिस्तान पोस्टका अनुसार ब्रासले प्रान्तका विभिन्न जिल्लामा यी आक्रमणहरू गरेको थियो । ब्रासका प्रवक्ता बलोच खानका अनुसार उनको समूहका लडाकुले सैन्य चौकी, प्रहरी कार्यालय, सुरक्षाकर्मीको लस्करलाई लक्षित गरी आक्रमण गरिएको हा े।

यस आक्रमणबाट पाकिस्तानी सेनातर्फ गम्भीर हताहती र ठूलो भौतिक क्षति निम्त्याएको दाबी गरेको छ । पाकिस्तानी अधिकारीले यसबारे कुनै टिप्पणी गरेका छैनन् । लामो समयदेखि पाकिस्तानको बलोचिस्तान प्रान्तमा स्वतन्त्रताको माग राख्दै विभिन्न लडाकु समूहले आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ५ : ४५ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका