लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक « Khabarhub

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न निकायमा भौतिक क्षति पुगेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा बुटवलस्थित प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री निवास र बुटवल सम्पर्क कार्यालय पूर्ण रूपमा क्षति भएका छन् भने मुख्यमन्त्री निवासका तीनवटा सवारीसमेत नष्ट भएका छन् ।

प्रदेशका निमित्त प्रमुख सचिव लीलाधर सुवेदीका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत दाङमा सात मोटरसाइकल र एक गाडी नष्ट हुँदा आर्घाखाँचीमा सामान्य तोडफोड भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत रुपन्देहीमा एक मोटरसाइकल जलेको र दाङको लमहीमा मन्त्री क्वार्टरका सामग्री जलाइएको छ ।

बुटवलस्थित लेखा नियन्त्रक कार्यालयमा करिब ९६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका रुपन्देही, बाँके, दाङका यातायात कार्यालय, भैरहवाको उद्योग निर्देशनालय, दाङको घरेलु तथा साना उद्योग कार्यालय र बाँकेको पर्यटन सूचना केन्द्र पूर्ण रूपमा क्षति भएका छन् ।

त्यसैगरी, स्वास्थ्यमन्त्री निवासमा क्षति भएको छ भने ऊर्जा मन्त्रालयअन्तर्गत दाङमा आठ मोटरसाइकल जलेका छन् । वन निर्देशनालय पनि पूर्ण रूपमा क्षति भएको छ । प्रदेश लोकसेवा आयोगमा भवनमा आगजनी र तोडफोड, स्टोर नष्ट, कर्मचारी तथा जनप्रतिनिधिका सम्पत्ति विवरण नष्ट हुनुका साथै छवटा गाडी पूर्ण रूपमा क्षति भएको छ । प्रदेश सरकारको प्रशासनिक परिसर राप्ती उपत्यका देउखुरीको संरचना भने सुरक्षित रहेको छ । (रासस)

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  १० : ५३ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग