सडक बिग्रेका कारण खुलेन शुक्लाफाँटा निकुञ्ज सफारी « Khabarhub

सडक बिग्रेका कारण खुलेन शुक्लाफाँटा निकुञ्ज सफारी


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – वर्षाका कारण निकुञ्ज जाने बाटो बिग्रेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द भएको छ ।

बर्षाले बाटो बिग्रिएपछि गत असारमा बन्द भएको निकुञ्ज सफारी अझै सञ्चालनमा आउन नसकेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

“वर्षाले ब्रिगेको बाटो र पुल मर्मत गर्न सकिएको छैन”, उनले भने, “सडकमा खाल्डाखुल्डी छन्, ठूलो घाँस काट्नुपर्ने छ, पुल मर्मत गर्नुपर्ने छ दसैँ र तिहारकोबिचमा निकुञ्ज सफारी खोल्छौँ ।”

निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा तीन हजार तीन सय ७१ जनाले निकुञ्ज भ्रमण गरेका छन् । जसमा एक सय ९९ विदेशी र एक सय ५२ सार्क मुलुकका पर्यटक छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरङ्गी देख्न पाइन्छ ।

वन्यजन्तु मात्रै नभइ दुर्लभ वनस्पतिको लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ । निकुञ्जमा ५६ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने १५ प्रजातिका उभयचर, ८८ प्रजातीका माछा, एक सय ११ प्रजातीका पुतली, चार सय ६१ प्रजातीका चरा र ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर जस्ता वन्यजन्तु पनि छन् । जसमा पाटेबाघ, एकसिङ्घे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल आदि रहेका छन् ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार तीन सय २३ बढी बाह्रसिङ्गा छन् ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ८ : १४ बजे

कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता साढे छ बजेपछि मात्रै हुने

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले फाराम वितरणको काम

महाराजगञ्जको दृश्य : पूर्णबहादुर बोल्दै गर्दा घोसेमुन्टो लगाएर सुनिरहे शेरबहादुर देउवा

काठमाडौं- चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा बलियो

चितवन र मकवानपुरका ५२ प्रतिशत साना उद्योगको कारोबारमा गिरावट

काठमाडौं– चितवन र मकवानपुरका साना तथा मझौला उद्योगहरूको अवस्थाबारे नेपाल

ला आसिएन्दाले काठमाडौंमा भित्र्यायो स्वाद र आकर्षक डिजाइनसहितको ल्याटिन अमेरिकी उत्साह 

काठमाडौं– काठमाडौंको मोक्सी होटलमा आधुनिक ल्याटिन अमेरिकी डाईनिंग र ककटेल

प्रधानमन्त्रीलाई एनसेलको गुनासो- टेलिकमलाई केही नगर्ने, हामीलाई व्याजसहित किस्ता तिराउने ?

काठमाडौं- नेपालको दूरसञ्चार क्षेत्रको नीतिगत असमानता र अनिश्चितताको विषयमा एनसेल आजियाटा