एक सय पाँच वर्षीया लमी कुमारीसहित तीन ज्येष्ठ व्यक्तित्व सम्मानित « Khabarhub

एक सय पाँच वर्षीया लमी कुमारीसहित तीन ज्येष्ठ व्यक्तित्व सम्मानित


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भोजपुर– समाजमा पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिकाले तीन जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३५औँ अन्तरराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई ‘जेष्ठ महामानार्थ सम्मान–२०८२’ प्रदान गरिएको हो ।

सम्मानित हुनेमा वडा नं १ की एक सय पाँच वर्षीया लमीकुमारी राई,  वडा नं ४ नागीका १०२ वर्षीय इन्द्रबहादुर राई र वडा नं ३ अन्नपूर्णका ९८ वर्षीय भीमप्रसाद राई रहेका छन् । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेतले ज्येष्ठ नागरिक राष्ट्रका गौरव र समाजका जीवन्त सम्पदा भएको बताए। 

उनले भने, ‘ज्येष्ठ नागरिकले दिएको ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको मार्गदर्शन हुन् । उनीहरूको सम्मान गर्नु हाम्रो साझा जिम्मेवारी हो ।’

उपाध्यक्ष रमादेवी राईले ज्येष्ठ नागरिकको स्याहारसुसार र अधिकार संरक्षण गाउँपालिकाको प्राथमिकता रहेको बताए । ज्येष्ठ नागरिकको जीवन सहज र सम्मानित बनाउन गाउँपालिकाले सहयोगमुखी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । 

कार्यक्रममा सहभागीहरूले ज्येष्ठ नागरिकप्रतिको कदर र सम्मान भावनाले समाजमा सकारात्मक सन्देश प्रवाह भएको बताए  ।
 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ५१ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ