कार्यपालिका बैठकमा मेयर बालेन्द्र र वडाध्यक्ष तण्डुकारबीच भनाभन « Khabarhub

कार्यपालिका बैठकमा मेयर बालेन्द्र र वडाध्यक्ष तण्डुकारबीच भनाभन


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह र वडा नम्बर ११ का अध्यक्ष तण्डुकारबीच कार्यालय भवन निर्माणका विषयमा भनाभन भएको छ।

बैठकमा वडाध्यक्ष तण्डुकारले महानगरपालिकाको स्थायी भवन नहुँदा कार्यपालिका बैठकसम्म बस्न समस्या भएको बताउँदै तत्काल निर्माण कार्य अघि बढाउन आग्रह गरे।

‘हामीलाई अहिले अस्पतालभन्दा पहिले महानगरको आफ्नै भवन हुनुपर्छ, त्यसैले अब आश्वासनले होइन, कामले देखाउनुपर्ने बेला हो’, उनले भने ।

उता उनलाई जवाफ दिँदै मेयर बालेन्द्रले भवन निर्माण तिहारपछि सुरू हुने बताए । ‘तिहार पछाडि सुरू गर्नुपर्छ कि पर्दैन के हो तपाईंको कुरा ? मैले तिहारपछि भवन निर्माण सुरू हुन्छ भनिसकेको छु’, उनले भने ।

तर वडाध्यक्ष तण्डुकारले अब ढिला गर्न नहुने भन्दै तत्कालै काम सुरू गर्न जोड दिएपछि दुवैबीच भनाभन भएको हो । त्यसक्रममा मेयर साहले व्यङ्ग्य गर्दै भने, ‘भवन छिटो बनाऊँ भन्नु भयो, त्यसो भए के १० दिनको तिहारलाई आजै सक्काउन मिल्छ?’

तण्डुकारले दुई वर्षअघि नै महानगर भवन निर्माणको जिम्मा मेयर साहले लिए पनि अहिलेसम्म काम नदेखिएको टिप्पणी गरे । त्यसपछिस मेयर साह चिढिएका थिए। उनले तण्डुकारलाई जवाफमा भने, ‘ए ल ल, तिहारलाई चाँडो सक्काइदिनु भन्छु, आजै तिहार सकियोस् भन्छु म ।’

महानगरको कार्यालय भवन निर्माणबारे पछिल्लो केही समयदेखि विवाद र ढिलाइ भइरहेको छ। बैठकमा यो विषयमा वडाध्यक्ष र मेयरबीच तिखो बहस भएको हो ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १२ : ३७ बजे

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ