तोरीले पहेँलपुर काभ्रेको काफ्लेथोक (तस्बिरहरू) « Khabarhub

तोरीले पहेँलपुर काभ्रेको काफ्लेथोक (तस्बिरहरू)


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेको नमोबुद्ध नगरपालिका–४ मा अवस्थित काफ्लेथोक गाउँ यतिबेला तोरी फुलेर पहेँलपुर भएको छ । बारीभरि फुलेको तोरीले गाउँ नै सुन्दर देखिएको छ ।

बिपी राजमार्गअन्तर्गतको भकुण्डेबेंसी बजारबाट करिब २० मिनेटको पैदल यात्रामा पुगिने काफ्लेथोक प्राकृतिक शान्ति र ग्रामीण सौन्दर्य खोज्नेका लागि एक सम्भावनायुक्त रमणीय गन्तव्य हो। यहाँको हरियाली, खुला आकाश र टाढाबाट देखिने हिमाली दृश्यहरूले आगन्तुकको मन लोभ्याउँछ ।

यहाँ करिब दुई दशक अघिदेखि तोरीखेती सुरु भएको हो। धेरै घरधुरीमा आफ्नै बारीमा फलेको तोरीबाट तेल निकालेर वर्ष दिनसम्म परिवारको आवश्यकताको पूर्ति हुने गरेको छ। स्थानीयहरूको भनाइमा बजारको तेलभन्दा आफ्नै तोरीको स्वाद बेग्लै हुन्छ, अनि स्वास्थ्यका हिसाबले पनि भरपर्दो हुन्छ ।

मकै, धान र गहुँ यहाँका प्रमुख खाद्यबाली हुन् । भदौको अन्त्यदेखि असोजको सुरुवातसम्म मकै भित्र्याएर त्यसपछि तोरी लगाउने चलन छ ।

यो गाउँ धार्मिक दृष्टिले पनि विशेष मानिन्छ । विगत ४५ वर्षदेखि अखण्ड हरेराम भजन गुञ्जिरहने एक मन्दिरले गाउँको आध्यात्मिक महत्त्व अझ सुदृढ बनाएको छ । गाउँकैबीचमा रहेको यस मन्दिरमा बिहान र साँझ घन्किने भजन र संगीतले वातावरणमा शान्तिको अनुभूति गराउँछ । औँसी, पूर्णिमा र विविध पर्वहरूमा मन्दिरमा भक्तजनहरूको बाक्लो उपस्थिति देखिन्छ ।

झन्डै १०० घरधुरी रहेको काफ्लेथोकमा ‘काफ्ले’ थरको बाहुल्यता छ । साथै, गैरापिप्ली, अर्याल, न्यौपाने, अधिकारी, गिरी, भुजेललगायतका थरका समुदायहरू पनि यहाँ सँगसँगै बसोबास गर्छन् । अधिकांश परिवार शाकाहारीहुन् र सरल, आध्यात्मिक जीवनशैलीमा रमाउने गर्छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १ : ०८ बजे

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ