जेन-जी आन्दोलन प्रभाव : ऋण प्रवाह कमजोर, मुद्दतीको ब्याजदर थप घट्यो « Khabarhub

जेन-जी आन्दोलन प्रभाव : ऋण प्रवाह कमजोर, मुद्दतीको ब्याजदर थप घट्यो


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– भदौ २३ र २४ गतेको जेन-जी पुस्ताको आन्दोलनको प्रभाव बैंकिङ क्षेत्रमा देखिएको छ । बैंकिङ क्षेत्रमा कर्जाको मागमा सुस्तता देखिएको कारण निक्षेप र ऋण प्रवाहको अन्तर बढ्न पुगेको छ ।

नेपाल राष्ट्र बैंकको असोज कात्तिक गतेसम्मको तथ्यांकअनुसार नेपालको बैंकिङ क्षेत्रमा ७४ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन हुन पुगेको छ भने सो अवधिसम्म बैंकिङ क्षेत्रबाट जम्मा ५६ खर्ब २५ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ ।

बैंकिङ क्षेत्रमा कर्जा मागको वृद्धि नभएकै कारणले कात्तिक महिनाका लागि अधिकांश बैंकहरूले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर थप घटाएका छन् ।

बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये १४ वटाले असोज महिनाको तुलनामा कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटाएका छन् ।

त्यस्तै, १० वाणिज्य बैंकहरूले असोज महिनाको तुलनामा कात्तिक महिनाका लागि संस्थागत मुद्दती तर्फको ब्याजदर पनि घटाएका छन् । व्यक्तिगत र संस्थागत दुवै मुद्दतीतर्फ कात्तिक महिनाका लागि बैंकहरूको ब्याजदर क्रमशः ०.२६३ र ०.२२०५ प्रतिशतले घट्न पुगेको छ ।

माछापुच्छ्रे, एनएमबी, नविल, प्राइम, प्रभु, सिटिजन्स, लक्ष्मि सनराइज, एभरेष्ट, एनआईएमबी, एनआईसी एशिया, स्टान्डर्ड चाटर्ड, नेपाल एसबिआई, कृषि विकास र सानिमा बैंकले असोज महिनाको तुलनामा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटाएका छन् ।

तर, नेपाल बैंक, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, कुमारी, ग्लोबल आईएमई र हिमालयन बैंकले भने कात्तिक महिनाकै ब्याजदर कायम राख्ने भएका छन् ।

वाणिज्य बैंकमा कात्तिकका लागि व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा धेरै ६ प्रतिशत ग्लोबल आईएमई र हिमालयन बैंकले ब्याजदर कायम गरेका छन् भने सबैभन्दा थोरै ४.९५ प्रतिशत नबिल, प्रभु र कृषि विकास बैंकले ब्याजदर कायम गरेका छन् ।

संस्थागत मुद्दतीतर्फ माछापुच्छ्रे एनएमबी, नबिल, प्रभु, एभरेष्ट, एनआईसी एशिया, नेपाल एसबिआई, कृषि विकास, सानिमा र हिमालयन बैंकले ब्याजदर घटाएका छन् भने अरु बैंकले यथावत राखेका छन् । 

कात्तिक महिनाका लागि संस्थागत मुद्दतीतर्फ सबैभन्दा धेरै ४.५ प्रतिशत हिमालयन र एनआईसी एशिया बैंकले दिने भएका छन् भने सबैभन्दा थोरै २.७५ प्रतिशत प्राइम, प्रभु, स्टान्डर्ड चाटर्ड र कृषि विकास बैंकले ब्याजदर कायम गरेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १ : ४१ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन