काठमाडौं महानगरको बैठकमा प्रश्न : जेन-जी आन्दोलन हुँदा मेयर र उपमेयर कहाँ थिए ? « Khabarhub

काठमाडौं महानगरको बैठकमा प्रश्न : जेन-जी आन्दोलन हुँदा मेयर र उपमेयर कहाँ थिए ?


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको शुक्रबार बसेको ४३ औँ नगर कार्यपालिका बैठकमा गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा लुकेको भन्दै मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोलको भूमिकाबारे प्रश्न उठेको छ ।

बैठकमा बोल्ने क्रममा काठमाडौंमा त्यति ठूलो आन्दोलन हुँदा मेयर र उपमेयर बेपत्ता भएको भन्दै वडाध्यक्षले प्रश्न उठाएका हुन् ।

महानगरको वडा नम्बर ११ का अध्यक्ष तण्डुकारले आफ्नै भूगोलमा त्यति ठूलो आन्दोलन हुँदा पनि मेयर र उपमेयरले आफ्नो कर्तव्य पूरा नगरेको बताए ।

‘त्यति ठूलो आन्दोलन भएको थियो । फेरि हाम्रै महानगरपालिकाभित्र आन्दोलन केन्द्रित थियो’, उनले भने, ‘अहिले उहाँहरू देखिनु भएको छ त्यत्रो आन्दोलन भइरहँदा, आगजनी हुँदा मेयर र उपमेयर कहाँ थिए ? उहाँहरूको कर्तव्य के थियो ?’

उनले अहिले सहज भइसकेपछि अनेकथोक चाहियो भन्न सक्ने तर असहज परिस्थितिमा भूमिका देखाउन नसक्ने भन्दै आलोचना गरे । ‘तपाईंहरू दुईजना भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा कहाँ हुनुहुन्थ्यो ?’, उनले बैठकमा बालेन्द्र र सुनितालाई सोधे ।

तण्डुकारले अहिले पनि आफूहरूले मेयर बालेन्द्र साहलाई सम्मान र आदर गरिरहेको बताए । तर बालेनले त्यो सम्मान र आदरको इज्जत गर्न नसकेको उनले बताए । ‘हामीले गरेको सम्मानलाई मेयरले कायम राख्न सकेनन्’, तण्डुकारले भने, ‘हामीले जुन विश्वास गरेका थियौँ, त्यसअनुसारको आफ्नो छवि उनले कायम राख्न सकेनन् ।’

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १ : ३७ बजे

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ