दल खोल्ने मिराज ढुंगानाको घोषणा, विचार मिल्नेसँग वार्ता गर्न बनाए समिति « Khabarhub

दल खोल्ने मिराज ढुंगानाको घोषणा, विचार मिल्नेसँग वार्ता गर्न बनाए समिति


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘गरिखान देऊ’ अभियानका संयोजक एवम् जेन-जी युवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। उनले शुक्रबार भने, ‘यो दल जेन–जी आन्दोलनको भावना र नेपाली युवाको चाहनाबाट जन्माउँदै छौँ।’

मिराजले यसअघि ‘विदेश पलायन नभई नेपालमै इज्जतका साथ गरिखान पाऊँ’ भन्ने मूल सन्देश बोकेको ‘गरिखान देऊ’ अभियान चलाएका थिए । अब उनले त्यो सन्देशलाई संस्थागत रूपमा अघि बढाउन दल गठन आवश्यक भएको बताएका छन् ।

उनले भने, ‘जेन–जीको क्रान्ति ल्याउन सबै नेपाली युवाले सघाएका हुन्। यो आन्दोलन सबैको बलमा सफल भएको हो। अब यो ऊर्जा राजनीतिक दिशातर्फ मोड्न आवश्यक छ।’

तर मिराजले तत्काल चुनावमा जाने अवस्था नभएको स्पष्ट पारे। उनले तीनवटा शर्त पूरा भएपछि मात्रै आफूहरू चुनावमा जाने पनि बताएका छन् ।

‘जबसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुँदैन, तबसम्म हामी चुनावमा जाँदैनौँ। विदेशमा रहेका नेपालीलाई मताधिकार नदिएसम्म र भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरको शक्तिशाली संरचना नबनाएसम्म पनि हामी निर्वाचनमा भाग लिँदैनौँ’, उनले भने ।

मिराजले देश गम्भीर अवस्थामा पुगेको पनि बताए । ‘७८ जना नेपालीको ज्यान गएको छ। अहिलेको प्रणालीले देशलाई निकास दिन सकेको छैन। हामी जिम्मेवार भएर देशलाई नयाँ बाटोमा लैजानेछौँ’, उनले भने ।

मिराजले दल गठनसँगै वार्ता समिति बनाइएको जानकारी पनि दिएका छन्। उनले आफूहरूको देश फेर्ने अभियानमा जो–कोही आउन सक्ने। ‘हामी वार्ताको ढोका सबैका लागि खुला राख्छौँ’, मिराजले भनेका छन् ।

‘गरिखान देऊ’ अभियानले आगामी कात्तिक १ गते दिउँसो एभरेस्ट होटल, बानेश्वरमा पत्रकार सम्मेलन गरेर दलको औपचारिक घोषणा गर्ने भएको छ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  २ : ५८ बजे

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ