कूटनीतिज्ञलाई प्रधानमन्त्रीले भनिन्- ६ महिनापछि चुनाव गरेर सत्ता हस्तान्तरण गर्छु « Khabarhub

कूटनीतिज्ञलाई प्रधानमन्त्रीले भनिन्- ६ महिनापछि चुनाव गरेर सत्ता हस्तान्तरण गर्छु


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनापछि शान्तिपूर्ण तवरले लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी छन् । 

शुक्रबार सिंहदरबारमा विभिन्न कूटनीतिक निकायका प्रमुख तथा राजदूतहरूलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री कार्कीले जेन-जी आन्दोलनपछिको परिस्थितिमा आफूले प्रधानमन्त्री पदलाई स्वीकार गरेको भन्दै स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन गरेर लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले सरकारको सम्पूर्ण ध्यान निर्वाचनको तयारीमा केन्द्रित रहेको उल्लेख गरिन् । अस्थायी रूपमा विदेशमा रहेका नेपाली नागरिकहरूको लागि विश्वव्यापी मताधिकारको सिद्धान्तलाई क्रमशः साकार पार्न बाह्य मतदान प्रणालीको सम्भावनाको पनि खोजी गरिरहेको प्रधानमन्त्री कार्कीले बताएकी थिइन् । 

लोकतान्त्रिक अभ्यासको पारदर्शिता र विश्वसनीयता कायम राख्न अन्तर्राष्ट्रिय पर्यवेक्षणले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उनले निर्वाचनको यात्रामा मित्रराष्ट्रहरूको निरन्तर सद्भाव र समर्थन हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले जानकारी दिए । त्यस्तै परराष्ट्र सम्बन्ध र नीतिका बारेमा पनि प्रधानमन्त्रीले जानकारी गराएको उनले बताए। 

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेन-जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानबिनका लागि न्यायिक जाँचबुझ आयोग गठन गरेको जानकारी गराउँदै भ्रष्टाचारका विषयमा पनि समेत विश्वसनीय, निष्पक्ष अनुसन्धान सुरु गर्ने बताएकी थिइन् ।

उनले आन्दोलनको क्रममा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र पुनर्स्थापना गर्नका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेकाले विकास साझेदारबाट सहयोग हुने विश्वास व्यक्त गरेकी थिइन् । 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ४ : ५३ बजे

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर

दशरथचन्द– यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ