आक्रमण जारी राखे अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी « Khabarhub

आक्रमण जारी राखे अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकु समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमास विरुद्ध सैन्य कारबाही गर्ने बाध्य हुने बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यदि हमासले गाजामा मानवियताविरुद्ध आक्रमण जारी राख्यो भने उनीहरूलाई मार्नु बाहेक कुनै विकल्प नभएको बताएका हुन् ।

हमासले बाँकी मृत बन्धकहरूको खोजी र अमेरिकी मध्यस्थता शान्ति सम्झौताको प्रभावमा ध्यान केन्द्रित गर्दै ट्रम्पले गाजामा चलिरहेको अवस्थालाई सम्बोधन गरेको एक दिन पछि चेतावनी आएको हो । चेतावनी मार्फत उनले नागरिक र बन्धकहरू माथि मानवीयता माथि आक्रमण जारी रहेमा बलियो अमेरिकी कारबाहीको समना गर्नु पर्ने कुरामा जोड दिएका छन् ।

शवहरूको खोजी र हस्तान्त्रण गर्ने गम्भीर कार्यको वर्णन गर्दै ट्रम्पले पत्रकारहरूलाई यो जटिल प्रक्रिया भएको उल्लेख गरे । हतियारको सवालमा बोल्दै उनले हमासले आफ्नो हतियारहरूका साथ आत्मसमर्पण गर्नुपर्ने कुरामा जोड दिए ।

यदि हमास समूहले यो नियमको पालन गर्न असफल भयो भने निर्णायक अमेरिकी कारबाहीको चेतावनी दिएका छन् । अमेरिकाले अर्जेन्टिनाको अर्थतन्त्रलाई स्थिर बनाउन २० अर्ब डलरको आर्थिक सहयोग प्याकेज घोषणा गरेको केही समयपछि ह्वाइट हाउसमा अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेसँग द्विपक्षीय भोजको क्रममा ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ६ : २२ बजे

रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले सम्हाल्ने

काठमाडौं– तीन जना मन्त्रीले पदबाट राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरूको

झापामा ५ मा बालेनले दर्ता गराए उम्मेदवारी

दमक- प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

बालिकाको हत्या गरी फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

सिरहा– १९ वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया जारी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सर्लाही–४ मा कांग्रेस सभापति गगन र निवर्तमान सांसद डा. अमरेश आमनेसामने

सर्लाही- सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनका लागि