एमालेले भन्यो- सरकार देशलाई मुठभेटमा लग्दैछ, चुनाव नगरी आयु लम्ब्याउने प्रपञ्च गर्दैछ « Khabarhub

एमालेले भन्यो- सरकार देशलाई मुठभेटमा लग्दैछ, चुनाव नगरी आयु लम्ब्याउने प्रपञ्च गर्दैछ


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार चुनाव नगरी आफ्नो आयु लम्ब्याउने खेलमा लागेको निष्कर्ष निकालेको छ।

ललितपुरमा तीन दिनसम्म चलेको दशौँ केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यस्तो बताएका हुन्।

‘असंवैधानिक रुपमा बनेको यो सरकार चुनाव नगरी आफ्नो आयु लम्ब्याउने दाउमा छ’, उनले भने, ‘चुनाव गराउनका लागि यो सरकारले राजनीतिक दलसँग कुनै परामर्श पनि गरेको छैन । अहिले पनि हजारौँ हतियार बाहिर रहेका छन् । नेताहरूको राहदानी रोक्का गर्ने काम भएको छ । नेताहरूलाई डर र धम्की दिने काम भइरहेको छ ।’

गौतमले अहिलेको अवस्थामा चुनावको वातावरण नै नबनेको बताएका छन् । उनले अहिले एमालेले संविधान बाहिर गएको देशलाई लिकमा ल्याउन प्रतिनिधिसभा पुनर्स्थापनामा पनि जोड दिने निर्णय गरिएको बताए । सरकारले मुलुकलाई बहुआयामिक संकटतिर धकेल्न खोजेको उनले बताए ।

सरकारले मुठभेटको वातावरण बनाइरहेको, नेताहरूको चरित्र हत्या गरेको, सन्देहस्पाद पात्रहरू दलका नेतालाई भौतिक हमला गर्न खोजिरहेको र चुनावी परिणाम पनि नस्वीकार्ने चेतावनी दिइरहेको अवस्थामा निर्वाधपूर्वक मतदान हुन नसक्ने गौतमले बताए ।

‘प्रधानमन्त्री नै दलसँग संवादका लागि तयार देखिनु भएन’, उनले भने, ‘सरकारले निर्वाचन नचाहेको अवस्थामा सम्भव हुने कुरै भएन । त्यसैले हामी पहिले देशमा शान्ति सुरक्षा बहालीका लागि सरकारको पहल हेर्छौँ ।’

एमालेले निर्वाचन पनि नहुने र प्रतिनिधिसभा पनि पुनर्स्थापना हुन नसक्ने अवस्थामा देश भयंकर राजनीतिक अस्थिरता र अराजकतातिर जाने जोखिम रहेको पनि निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ६ : ३८ बजे

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ