फागुनको चुनावमा भाग नलिने ओलीको घोषणा, अष्टलक्ष्मी र युवराजले बैठकमै गरे प्रतिवाद « Khabarhub

फागुनको चुनावमा भाग नलिने ओलीको घोषणा, अष्टलक्ष्मी र युवराजले बैठकमै गरे प्रतिवाद


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनमा हुने भनिएको मध्यावधि निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।

तीन दिनदेखि जारी केन्द्रीय कमिटीको दशौँ बैठकलाई शुक्रबार समापनका क्रममा सम्बोधन गर्दै ओलीले निर्वाचनमा नजाने घोषणा गरेका हुन् ।

ओलीले उक्त घोषणा गरेपछि उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरे । त्यसक्रममा केहीबेर बैठक हलमा हल्ला भयो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि ज्ञवाली र शाक्यले ओलीको उक्त भनाइमा फरक मत राखेको जानकारी दिएका छन् ।

ओलीले आगामी फागुन २१ मा चुनाव नहुने बताउँदै भने, ‘अबको बाँकी ४ महिनामा चुनाव हुँदैन, नहुने चुनावमा हामी जानु हुँदैन’, उनले भने, ‘हामीले संसद् पुनर्स्थापनामै जोड दिनुपर्छ । त्यहीअनुसार प्रचारात्मक अभियानमा हामी जानुपर्छ ।’

ओलीले आफ्नो जिम्मेवारी पूरा नगरी पार्टीबाट राजीनामा नदिने बताएका छन् । ‘केही साथीहरूले राजीनामा माग्नुभाछ । ५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ । मेरो काँधमा जिम्मेवारी छ । त्यो पूरा नगरी छाड्दिनँ’, उनले भने ।

ओलीले आफ्नो राजीनामाबारे महाधिवेशनमा पनि छलफल गरिने बताए । ‘मेरो राजीनामा महाधिवेशनमा छलफल गरौँला’, उनले भने, ‘प्रतिनिधिहरूसँग फैसला मागौँला । पार्टीलाई तिक्ततासहित अघि नबढाऔं, सबैजना मिलेर अघि बढौँ ।’

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ६ : ५९ बजे

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी