फागुनको चुनावमा भाग नलिने ओलीको घोषणा, अष्टलक्ष्मी र युवराजले बैठकमै गरे प्रतिवाद « Khabarhub

फागुनको चुनावमा भाग नलिने ओलीको घोषणा, अष्टलक्ष्मी र युवराजले बैठकमै गरे प्रतिवाद


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनमा हुने भनिएको मध्यावधि निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।

तीन दिनदेखि जारी केन्द्रीय कमिटीको दशौँ बैठकलाई शुक्रबार समापनका क्रममा सम्बोधन गर्दै ओलीले निर्वाचनमा नजाने घोषणा गरेका हुन् ।

ओलीले उक्त घोषणा गरेपछि उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरे । त्यसक्रममा केहीबेर बैठक हलमा हल्ला भयो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि ज्ञवाली र शाक्यले ओलीको उक्त भनाइमा फरक मत राखेको जानकारी दिएका छन् ।

ओलीले आगामी फागुन २१ मा चुनाव नहुने बताउँदै भने, ‘अबको बाँकी ४ महिनामा चुनाव हुँदैन, नहुने चुनावमा हामी जानु हुँदैन’, उनले भने, ‘हामीले संसद् पुनर्स्थापनामै जोड दिनुपर्छ । त्यहीअनुसार प्रचारात्मक अभियानमा हामी जानुपर्छ ।’

ओलीले आफ्नो जिम्मेवारी पूरा नगरी पार्टीबाट राजीनामा नदिने बताएका छन् । ‘केही साथीहरूले राजीनामा माग्नुभाछ । ५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ । मेरो काँधमा जिम्मेवारी छ । त्यो पूरा नगरी छाड्दिनँ’, उनले भने ।

ओलीले आफ्नो राजीनामाबारे महाधिवेशनमा पनि छलफल गरिने बताए । ‘मेरो राजीनामा महाधिवेशनमा छलफल गरौँला’, उनले भने, ‘प्रतिनिधिहरूसँग फैसला मागौँला । पार्टीलाई तिक्ततासहित अघि नबढाऔं, सबैजना मिलेर अघि बढौँ ।’

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ६ : ५९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको