ओलीले भने- सरकार मलाई थुन्‍ने तयारीमा छ, अध्यक्षबाट राजीनामा दिन्नँ « Khabarhub

ओलीले भने- सरकार मलाई थुन्‍ने तयारीमा छ, अध्यक्षबाट राजीनामा दिन्नँ


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पक्राउ गरेर थुन्ने कोसिस गरिरहेको बताएका छन् ।

बुधबारदेखि ललितपुरमा बसेको केन्द्रीय कमिटीको दशौँ बैठकलाई समापन सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले ११ औँ महाधिवेशनअगाडि राजीनामा नदिने अडान लिँदै अरू कुरा त्यहीँ छिनोफानो हुने पनि बताए । उनले अहिले आफ्नो काँधमा जिम्मेवारी कायमै रहेकाले त्यसलाई पूरा गरेर मात्रै बाहिरिने बताए ।

‘केही साथीहरूले मेरो राजीनामा माग्नु भएको । मसँग माग्नु भएको होइन, मैले माइकबाट पनि सोधेको थिएँ’, उनले भने, ‘५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ । मेरो काँधमा जिम्मेवारी कायमै छ । त्यो जिम्मेवारी पूरा नगरी छाड्दिनँ, राजीनामा दिन्नँ ।’

ओलीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की असंवैधानिक बाटोबाट प्रधानमन्त्री बनेको बताए । कार्कीले नै प्रधानमन्त्री पद नै अस्वीकार गर्नुपर्ने पक्षमा आफू रहेको पनि उनले बताए ।

‘पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न मिल्दैनथ्यो, उहाँले अस्वीकार गर्नुपर्‍थ्यो। मैले त केयर टेकर (काम चलाऊ) प्रधानमन्त्रीको रूपमा सबैसँग छलफल गर्नुस् भनेको थिएँ’, उनले भने, ‘मैले छलफल गर्न पाइनँ, म त सैन्य सुरक्षामा थिएँ। सायद उहाँहरूले हामीसँग संवाद नगर्ने भन्नु भएको होला ।’

आफूलाई नरम भाषामा बोल्नु भन्ने नेताहरूमाथि ओली खनिए। ‘साथीहरुले नरम भाषा बोल्नुस् भन्नु भएको छ, यसमा चिनी थपिदिनु,’ उनले भने, ‘हामीले गरेका काम देखेकै छन, विकास देखेकै छन्। त्यसै भएर हमला गरेका होलान्, साथीहरूले मौका पाउनु भएर हमला गर्नु भएको छ, मैले योभन्दा चर्को हमला सुनेको छु । २०७६ मा सहेको छु, ०७८ मा सुनेको छु।’

सरकार थुन्न खोज्दैछ

ओलीले कार्की नेतृत्वको अन्तरिम सरकार आफूलाई जसरी हुन्छ थुन्ने पक्षमा रहेको । गृहमन्त्री ओमप्रकाश अर्यालले ओलीविरुद्ध मुद्दा चलाउने उपाय खोजिरहेका छन् । उनले महान्यायाधीवक्ता र अन्य कानुन व्यवसायीसँग परामर्श गरिहेका बेला ओलीको यो भनाइ आएको हो ।

‘केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गर्नुभयो। कहीँकतै केही भेटिएन। हिजो जेनजीहरूले मान्दै मानेनन्, केपी ओलीलाई त जसरी पनि थुन्नुपर्छ भनेर सरकार प्रयासरत छ,’ ओलीले भने, ‘जेन–जीले यस्तो माग गरेका छैनन्। तर सरकारमा भएकाले जेन–जीको माग भनेर दाबी गरिरहेका छन्। जेन–जीले हामी दलविरुद्ध छैनौँ, संविधानविरुद्ध छैनौँ भनिसक्दा पनि सरकार प्रतिशोतको बाटोमा हिँडेको छ मलाई थुन्ने उपाय खोजेर।’

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : १६ बजे

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड