यु–१७ एसियन कपको छनोट : नेपाल थाइल्याण्डसँग १२–०ले पराजित « Khabarhub

यु–१७ एसियन कपको छनोट : नेपाल थाइल्याण्डसँग १२–०ले पराजित


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – थाइल्याण्डसँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यु–१७ एसियन कपको छनोट चरणबाट बाहिरिएको छ ।

थाइल्याण्डको चोनबुरी रङ्गशालामा भरखरै सम्पन्न समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोली थाइल्याण्डसँग १२–० गोलअन्तरले नेपाल पराजित भएको हो ।

यो जितसँगै थाइल्याण्डले दुई खेलमा छ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेर आगामी वर्ष चीनमा आयोजना हुने एसियन कपमा स्थान बनाएको छ ।

खेलको पहिलो हाफमा आठ गोल गरेको थाइल्याण्डले खेलको दोस्रो हाफमा चार गोल थपेको हो । त्यस्तै थाइल्याण्डले आफ्नो पहिलो खेलमा तुर्किमिनिस्तानसँग १७–० को फराकिलो जित हासिल गरेको थियो । यता नेपाल भने पहिलो खेलमा तुर्किमिनिस्तानसँग गोलरहित बराबरीमा खेलेको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ८ : ११ बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने