उत्कृष्ट करदाताको सम्मानपछि मीनबहादुरले भने : राज्यलाई कर तिरेपछि कसलाई सहयोग गर्ने आफ्नो इच्छाको कुरा हो « Khabarhub

उत्कृष्ट करदाताको सम्मानपछि मीनबहादुरले भने : राज्यलाई कर तिरेपछि कसलाई सहयोग गर्ने आफ्नो इच्छाको कुरा हो


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर दिवसका अवसरमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले सबै पक्ष जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताएका छन्।

सोमबार आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको हैसियतमा बोलेका उनले गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनले आफ्नो व्यवसायमा ठूलो क्षति पुगेको बताए।

उनले पहिला पहिला १५ देखि २० वर्ष लाग्ने सत्ताको उलटफेर अहिले जेन-जीले २ दिनमै गरिदिएको बताए ।

‘जेन-जी आन्दोलनका क्रममा १२ वटा भाटभटेनी शाखा पूर्ण रूपमा नष्ट भएका छन् । अरु धेरै शाखामा लुटपाट र तोडफोड भयो’, उनले भने, ‘दशैँ, तिहार र छठ नजिकिएकाले धेरै सामान स्टक राखिएको थियो । त्यो समयमा परेको नोक्सानी अत्यन्त गम्भीर थियो ।’

आन्दोलनले दुई दिनमै देशमा ठूलो प्रभाव पारेको उल्लेख गर्दै भने, ‘हामी गम्भीर नबने अर्को आन्दोलन आउन सक्छ। त्यसपछि न मेरो भाटभटेनी रहन्छ, न कसैको लगानी बच्छ । यो आन्दोलनमा घुसपैठ भएर होला, धेरै ठूलो क्षति भयो ।’

गुरुङले आफूले ठूलो क्षति बेहोरे पनि अघि बढ्ने निर्णय जिम्मेवारीका कारण भएको बताए। ‘बैंकको लगानी, मसँग जोडिएका हजारौँ कर्मचारी र देशप्रतिको जिम्मेवारीले मलाई अघि बढ्न प्रेरित गर्छ,’ उनले भने।

भाटभटेनीमाथि आक्रमणका कारणबारे बोल्दै उनले कुनै पार्टीलाई भवन सहयोग दिएको भनेर गलत बुझाइ फैल्याइएको बताए। ‘कर तिरेपछि बाँकी रकमबाट म सामाजिक काममा लगानी गर्छु’, उनले भने, ‘यही मंसिरमा डा. भगवान कोइरालाको नेतृत्वमा बनेको बाल अस्पताल उद्घाटन गर्ने तयारीमा थियौँ, आन्दोलनले ढिला भयो ।’

भाटभटेनिमाथि आक्रमणको कारणका रुपमा एमालेलाई सहयोग गर्नु भएकोतर्फ इंकित गर्दै उनले भने, ‘कुनै पार्टीलाई भवन बनाइदिने भयो भनेर रे ! भाटभटेनीले कर तिरिसकेपछि पैसा दान गर्न चाहन्छ । नेपालमा करोडौँ दिने कुरा नौलो कुरा हो । विभिन्न जिल्लाका विपन्न बालबालिकालाई एमबीबीएस पढाएको छु । शिक्षण अस्पतालमा पनि राम्रै सहयोग गरेका छौँ । भवन बनाइदिएका छौँ । अहिले पार्टीलाई भवन बनाइदियो भन्ने छ । त्यो मेरो कुरा हो ।’

उनले सबै पार्टीलाई तपाईंहरू सुध्रिनुस् हामी सहयोग गर्छौं भनेको पनि उनले सुनाए । ‘मूल कुरा पार्टी जस्तो लागेको थियो, अहिले अब जेन-जी रहेछ । १० जनासँग किन माग्नु म एक्लैले दिइहाल्छु नि भनेर दिएको हो’, उनले भने, ‘त्यसका खातिर यो भोग्नुपर्‍यो । मैले उहाँहरूसँग लिने होइन, दिने मात्रै हो ।’

उनले जेन-जीका नाममा गरिएको विध्वंश दु:खद भए पनि अब सबैले बोध गर्ने र यस्ता घटना दोहोरिन नदिने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १२ : ४० बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ