उत्कृष्ट करदाताको सम्मानपछि मीनबहादुरले भने : राज्यलाई कर तिरेपछि कसलाई सहयोग गर्ने आफ्नो इच्छाको कुरा हो « Khabarhub

उत्कृष्ट करदाताको सम्मानपछि मीनबहादुरले भने : राज्यलाई कर तिरेपछि कसलाई सहयोग गर्ने आफ्नो इच्छाको कुरा हो


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर दिवसका अवसरमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले सबै पक्ष जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताएका छन्।

सोमबार आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको हैसियतमा बोलेका उनले गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनले आफ्नो व्यवसायमा ठूलो क्षति पुगेको बताए।

उनले पहिला पहिला १५ देखि २० वर्ष लाग्ने सत्ताको उलटफेर अहिले जेन-जीले २ दिनमै गरिदिएको बताए ।

‘जेन-जी आन्दोलनका क्रममा १२ वटा भाटभटेनी शाखा पूर्ण रूपमा नष्ट भएका छन् । अरु धेरै शाखामा लुटपाट र तोडफोड भयो’, उनले भने, ‘दशैँ, तिहार र छठ नजिकिएकाले धेरै सामान स्टक राखिएको थियो । त्यो समयमा परेको नोक्सानी अत्यन्त गम्भीर थियो ।’

आन्दोलनले दुई दिनमै देशमा ठूलो प्रभाव पारेको उल्लेख गर्दै भने, ‘हामी गम्भीर नबने अर्को आन्दोलन आउन सक्छ। त्यसपछि न मेरो भाटभटेनी रहन्छ, न कसैको लगानी बच्छ । यो आन्दोलनमा घुसपैठ भएर होला, धेरै ठूलो क्षति भयो ।’

गुरुङले आफूले ठूलो क्षति बेहोरे पनि अघि बढ्ने निर्णय जिम्मेवारीका कारण भएको बताए। ‘बैंकको लगानी, मसँग जोडिएका हजारौँ कर्मचारी र देशप्रतिको जिम्मेवारीले मलाई अघि बढ्न प्रेरित गर्छ,’ उनले भने।

भाटभटेनीमाथि आक्रमणका कारणबारे बोल्दै उनले कुनै पार्टीलाई भवन सहयोग दिएको भनेर गलत बुझाइ फैल्याइएको बताए। ‘कर तिरेपछि बाँकी रकमबाट म सामाजिक काममा लगानी गर्छु’, उनले भने, ‘यही मंसिरमा डा. भगवान कोइरालाको नेतृत्वमा बनेको बाल अस्पताल उद्घाटन गर्ने तयारीमा थियौँ, आन्दोलनले ढिला भयो ।’

भाटभटेनिमाथि आक्रमणको कारणका रुपमा एमालेलाई सहयोग गर्नु भएकोतर्फ इंकित गर्दै उनले भने, ‘कुनै पार्टीलाई भवन बनाइदिने भयो भनेर रे ! भाटभटेनीले कर तिरिसकेपछि पैसा दान गर्न चाहन्छ । नेपालमा करोडौँ दिने कुरा नौलो कुरा हो । विभिन्न जिल्लाका विपन्न बालबालिकालाई एमबीबीएस पढाएको छु । शिक्षण अस्पतालमा पनि राम्रै सहयोग गरेका छौँ । भवन बनाइदिएका छौँ । अहिले पार्टीलाई भवन बनाइदियो भन्ने छ । त्यो मेरो कुरा हो ।’

उनले सबै पार्टीलाई तपाईंहरू सुध्रिनुस् हामी सहयोग गर्छौं भनेको पनि उनले सुनाए । ‘मूल कुरा पार्टी जस्तो लागेको थियो, अहिले अब जेन-जी रहेछ । १० जनासँग किन माग्नु म एक्लैले दिइहाल्छु नि भनेर दिएको हो’, उनले भने, ‘त्यसका खातिर यो भोग्नुपर्‍यो । मैले उहाँहरूसँग लिने होइन, दिने मात्रै हो ।’

उनले जेन-जीका नाममा गरिएको विध्वंश दु:खद भए पनि अब सबैले बोध गर्ने र यस्ता घटना दोहोरिन नदिने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १२ : ४० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको