छ हजारलाई आधारभूत योग शिक्षा प्रदान « Khabarhub

छ हजारलाई आधारभूत योग शिक्षा प्रदान


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङमा छ हजार नागरिकलाई योग शिक्षा प्रदान गरिएको छ । मानवसेवा आश्रम बागलुङ शाखाले आयोजना गरेको योग शिविरबाट छ हजार बढीलाई योगासनको विषयमा जानकारी गराइएको हो ।

आश्रमको निर्माणाधीन भवन सम्पन्न गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको अवसरमा छ हजारलाई योग शिक्षा दिइएको आयोजकले जनाएको छ । 

गत कात्तिक २२ गतेदेखि एक हप्ता योग शिविर सञ्चालन गरिएको थियो । पतञ्जली योग समिति नेपालका योग प्रशिक्षक ललित शङ्कर योगीले योग, ध्यान र प्राणायम गराएका थिए । 

पतञ्जली योग समिति बागलुङका सङ्गठन, मन्त्री तथा महायज्ञ व्यवस्थापन योग उपसमितिका संयोजक अमृत कँडेलको संयोजकत्वमा शिविरको सञ्चालन तथा व्यवस्थापन गरिएको थियो ।  रासस
 

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : ४६ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी