प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर | Khabarhub Khabarhub

प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तक शीर्षकमा आएको कुल रकममध्ये चार लाख ४३ हजार ४३० रुपैयाँ ७० पैसा हिनामिना भएको पाइएको हो ।

 उनका अनुसार आयोगले अनुसन्धानका क्रममा छात्रवृत्तिका लागि निकासा भएको रु ५१ हजार ६०० मध्ये कुनै पनि विद्यार्थीलाई वितरण नगरेको, दिवा खाजाकादुई लाख ४७ हजार ५० मध्ये केवल रु नौ हजार ९०० बराबरको खाजा मात्र खुवाएको र बाँकी रु दुई लाख ३७ हजार १५० दुरुपयोग भएको देखिएको छ ।

यसैगरी पाठ्यपुस्तक शीर्षकमा प्राप्त रु एक लाख १६ हजार ७२९ मध्ये केवल एक हजार ७६४ रुपैयाँ ४० पैसा बराबरको पुस्तक खरिद गरी तीन विद्यार्थीलाई वितरण गरिएको र बाँकी रकम निकासाअनुसार खर्च नभएको आयोगको अनुसन्धानबाट खुलेको हो । 

सामाजिक सुरक्षा कर ३९ हजार सात सय १४ रुपैयाँ ९५ पैसा समेत  दाखिला नगरी हिनामिना गरिएको आयोगद्वारा दायर गरिएको आरोपपत्रमा उल्लेख गरिएको छ । 

आयोगले दुवैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र दुरुपयोग गरेको सम्पूर्ण रकम असुल–उपर गर्न मागदाबी लिइएको छ । 

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ७ : ०० बजे

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई ५० करोड डलर कर तिर्न अदालतको आदेश

बैङ्कक – थाइल्यान्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्व प्रधानमन्त्री

औद्योगिक ग्रामको काम अघि बढेन

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने

प्रतिनिधिसभा निर्वाचन : दर्ताका लागि पहिलो दिनमै १२ निवेदन

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनका लागि सोमबार १२ वटा दलले दर्ताको निवेदन

निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न आग्रह

काठमाडौं – बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आगामी निर्वाचनमा विद्यालय

चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित

काठमाडौँ– नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा विजयी भएका