बंगलादेशले भारतलाई फेरि भन्यो– शेख हसिनालाई तुरुन्तै सुपुर्दगी गर « Khabarhub

बंगलादेशले भारतलाई फेरि भन्यो– शेख हसिनालाई तुरुन्तै सुपुर्दगी गर


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमालको प्रत्यर्पण माग गरेको छ। दुवै हाल भारतमा बसिरहेका छन्।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिना र पूर्वगृहमन्त्री कमाल दुवैलाई मृत्युदण्डको सजाय सुनाएको छ।

फैसलापछि सोमबार बंगलादेशको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरेको छ।

‘अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसलाअनुसार फरार शेख हसिना र असदुज्जमान खान कमाल दोषी सिद्ध भएका छन्,’ वक्तव्यमा भनिएको छ, ‘मानवताविरुद्धका अपराधका लागि दोषी ठहरिएका यी व्यक्तिहरूलाई कुनै पनि देशले शरण दिएमा त्यो मित्रतापूर्ण व्यवहार र न्यायको अवमूल्यनको गम्भीर कार्य हुनेछ।’

बंगलादेशले शेख हसिना र असदुज्जमान खान कमाल दोषी भएकाले तत्काल फिर्ता पठाउन भनेको छ।

बंगलादेशको विदेश मन्त्रालयले अगाडि भनेको छ, ‘हामी दुवैलाई तुरुन्तै भारत सरकारले बंगलादेशलाई सुम्पियोस् भन्ने चाहन्छौँ। यो भारतको दायित्व हो।’

बंगलादेशले यसअघि पनि धेरैपटक आधिकारिकरूपमा शेख हसिनालाई फिर्ता गराउन अनुरोध गर्दै पत्र पठाएको थियो। तर, भारतले ती अनुरोधहरूको कुनै प्रतिक्रिया दिएको थिएन।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ९ : ५० बजे

कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको १० लाख २३ हजार

तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन सम्पन्न

भक्तपुर– यसवर्षको तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन शुक्रबार चाँगुनारायण नगरपालिकामा

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ दललाई चुनाव चिह्न प्रदान

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

आज देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर