एनपीएलको पहिलो खेलमै राम्रो सुरुवात भयो: करण केसी « Khabarhub

एनपीएलको पहिलो खेलमै राम्रो सुरुवात भयो: करण केसी


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमाण्डू गुर्खाजका कप्तान करण केसीले ‘ऐतिहासिक क्षण’को संज्ञा दिएका छन्।

उद्घाटन खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले टोलीको सुरुवात उत्कृष्ट भएको बताए।

‘यो टोलीका लागि ‘ग्रेट स्टार्ट’ हो,’ केसीले भने, ‘खेलमा केही गल्तीहरू भए, तर हामीले खेलमा राम्रो पुनरागमन गर्‍यौ।’

उनले नेपाली समर्थकको अगाडि रात्रिकालीन खेल खेल्नु ‘अद्भूत अनुभव’ रहेको बताए।

आगामी खेल योजनाबारे सोधिएको प्रश्नमा केसीले टोलीले ‘एक पटकमा एक खेल’को रणनीतिमा ध्यान केन्द्रित गर्ने बताए। ‘हामी पहिलो खेलमा भएका गल्तीहरू सुधार्दै अघि बढ्नेछौँ,’ उनले थपे।

साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डू गोर्खाजले पाँच विकेटको जित निकालेको थियो। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंकशालामा सम्पन्न खेलमा जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमाण्डूले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : २४ बजे

यूएईविरुद्ध दीपेन्द्र र आरिफको १०८ रनको सम्झना योग्य साझेदारी

काठमाडौं – नेपाली क्रिकेट टिमले विश्वकप अगाडि चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध

चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप

निर्वाचन २९ दिन बाँकीः समानुपातिक बन्दसूचीमा पुरुष भन्दा महिला बढी

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक

अमेरिकी डलर घट्यो : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन