बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा « Khabarhub

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ ।

रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक सस्थाले जनाएको छ ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ नाराका साथ आयोजना हुन लागेको महोत्सवमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरु प्रदर्शनीका लागि राखिने सङ्घले जनाएको छ ।

बुटवलस्थित रामनगरमा हालै निर्माण भएको आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिकस्तरकै स्टल हुनेछन् । स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको महोत्सव आयोजक समितिका संयोजक कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।

देशको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको औद्योगिक व्यवसायको संरक्षण, सम्वर्द्धन र विकामा यो महोत्वले टेवा पु¥याउने आयोजकले विश्वास लिएका छन् ।

प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिब ३५० स्टल रहनेछन् ।

प्रदर्शनीमा करिब आठ लाख दर्शकले अवलोकन गर्ने र रु २० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ९ : ३५ बजे

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल