धुर्मुस-सुन्तलीकी छोरीलाई भएको म्यानेन्जाइटिस कस्तो रोग हो ? « Khabarhub

धुर्मुस-सुन्तलीकी छोरीलाई भएको म्यानेन्जाइटिस कस्तो रोग हो ?


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण क्रममा कानूनी विवादमा रहेका हास्य कलालकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) छोरीको उपचारका लागि अमेरिका पुगेका छन् ।

१२ वर्षीया छोरी सुबिहानीलाई म्यानेन्जाइटिस भएको र नेपाल-भारतका विभिन्न अस्पतालमा देखाउँदा पनि उपचार सम्भव नभएकोले थप उपचारका लागि अमेरिका गएको धुर्मुसले बताएका छन् ।

रंगशाला निर्माण क्रममा करोडौं भ्रष्टाचार गरेर अमेरिका भागेको आरोप लागेपछि सामाजिक सञ्जालमा बकपत्र लेख्दै छोरीको उपचारका लागि गएको स्पष्टिकरण दिएका छन् ।

‘हाम्री छोरीको ज्यान जोखिममा नपरोस् भनेर समस्यालाई थाँती राखी अहिले अमेरिका आउन बाध्य बन्यौँ । यो बाध्यतालाई सबैले बुझिदिनुहुनेछ भन्ने आशा गर्छु’, धुर्मुसले लेखेका छन् , ‘हामी भागेको होइन । छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्किनेमा कुनै सन्देह छैन । छोरीको उपचारपश्चात हामी नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहन्छौँ ।’

उनीहरूका अनुसार छोरी जन्मेको १६ दिनमा म्यानेन्जाइटिस भएकोमा चार वर्षको हुँदा उनको दाहिने खुट्टा बाङ्गो भएको हो । त्यो समस्या नबढोस भनेर साइडबाट बढ्ने हड्डी रोक्न दाहिने घुँडामा अपरेसन गरेर भित्र स्टिल राखिएको थियो, जुन स्टिल निकाल्न अनि छोटो खुट्टाको हड्डी तन्काउने उपचार गर्न ३ र ४ वर्ष ढिला भइसकेको थियो । अहिले उनलाई हिँड्न पनि धेरै समस्या भइसकेको छ । हिपको जोइन्टमा उठ्दा, बस्दा दुख्न थालेको छ । यो हड्डी तन्काउने उपचार लामो अनि एकदम कष्टकर छ ।

चिकित्सकका अनुसार यो रोग विशेषगरी बालबालिका, वृद्धवृद्धा र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा देखिने गर्दछ । समयमै उपचार गर्दा पूर्ण रुपमा निको पार्न सकिने भए पनि उपचारमा गरिने ढिलाइले अपांगतादेखि मृत्युसम्मको जोखिम हुनसक्ने चिकित्सक बताउँछन् । यसै विषयमा शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत न्युरो फिजिशियन डा. निरजसँग गरिएको कुराकानीः

म्यानेन्जाइटिस कस्तो रोग हो ?
कुनै पनि रोगको पछाडि आइटिस आयो भने त्यो रोग फ्लुसँग जोडिएको हुन्छ । त्यस्तै म्यानेन्जाइटिस पनि हाम्रो मस्तिष्कलाई कभरिङ गर्ने एउटा पत्र हुन्छ । जसलाई प्रोटेक्टिभ लेयर्स भनिन्छ । त्यसको नाम मेडिकल भाषामा मेनेन्जियर्स हो । यसले हाम्रो मस्तिष्कलाई बाहिरी इन्फेक्शनबाट जोगाउँछ । त्यही पत्रमा कुनै कारणले संक्रमण भयो भने त्यसलाई म्यानेन्जाइटिस भनिन्छ ।

म्यानेन्जाइटिस हुनुको मुख्य कारण के हो ?
धेरैजसो केशमा यसको मुख्य कारण इन्फेक्शन अर्थात् संक्रमण नै मानिन्छ । तर कहिलेकाहीँ बिना इन्फेक्शन पनि यो रोग लाग्ने गर्दछ । जस्तै कुनै औषधीको प्रभाव, केमिकलको असर, रगतको संक्रमण लगायतका कारणले पनि म्यानेन्जाइटिस हुने सम्भावना रहन्छ ।

यो कति प्रकारको हुन्छ ?
म्यानेन्जाइटिस गराउने भाइरस तथा ब्याक्टेरिया धेरै प्रकारका हुन्छन् । तीमध्ये टीभी ब्याक्टेरिया भन्ने आफैँमा छुट्टै किटाणु हो । त्यसले पनि म्यानेन्जाइटिस गराउँछ । त्यस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएका, लामो समयदेखि मधुमेहको औषधी खाइरहेका बिरामी, एचआइभी संक्रमण भएका बिरामीमा ढुसीले नै म्यानेन्जाइटिस गराउँछन् ।

त्यसैले मुख्यगरी भाइरल म्यानेन्जाइटिस, ब्याक्टेरियल म्यानेन्जाइटिस, टिबी म्यानेन्जाइटिस, फंगल म्यानेन्जाइटिस र ननफंगल म्यानेन्जाइटिस गरी पाँच प्रकारका धेरै देखिने गर्दछन् । यसले सामान्यदेखि, अपांगता गराउने र ज्यानै लिनेसम्मको जोखिम निम्त्याउने सम्भवना रहन्छ ।

कस्तो म्यानेन्जाइटिस भनेर कसरी थाहा पाउने ? लक्षण कस्ता देखिन्छन् ?
शरीरको अन्य भागमा भएको इन्फेक्शन रगतको माध्यमबाट मस्तिष्कसम्म पुग्छ र त्यसले म्यानेन्जाइटिस गराउँछ, जसलाई हेमाटोजेनिस भनिन्छ भने अर्को हाम्रो मस्तिष्कसँगै रहेको भाग आँखाको इन्फेक्शन, साइनसको इन्फेक्शन र कानको इन्फेक्शनबाट पनि सर्ने गर्दछ ।

त्यस्तै कस्तो म्यानेन्जाइटिसको लक्षण थाहा पाउनका लागि उनीहरुको रोगसँग लड्ने क्षमता कस्तो छ ? दीर्घ रोगी जस्तै किड्नी प्रत्यारोपण, मधुमेहको औषधी, एचआइभी भएको छ कि छैन भनेर बिरामीको हिष्ट्री लिइन्छ ।

त्यसपछि उनीहरुको लक्षण र हिष्ट्रीका आधारमा कस्तो प्रकारको म्यानेन्जाइटिस हो भने थाहा पाउन सकिन्छ । लक्षणकै कुरा गर्नुपर्दा धेरैजसो बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाक हुने, बान्ता आउने, जस्ता लक्षण देखिन्छन् ।

त्यस्तै कसैकसैलाई शरीरको कुनै भाग जस्तै मुख बाङ्गो हुने, हातखुट्टा नचल्ने, लगायतका लक्षण देखिन्छन् । त्यस्ता लक्षण देखिए म्यानेन्जाइटिस जाँच गरिन्छ ।

बालबालिकामा म्यानेन्जाइटिस धेरै देखिने हो ?
सामान्यतया यो रोग सबै उमेर समूहमा देखिने गर्दछ । तर विशेष गरी बालबालिका र अलि पाको उमेर तथा दीर्घरोगीमा रोग प्रतिरोध क्षमता कम हुने भएकाले यो समूहमा अलि बढी देखिन्छ ।

बालबालिकामा जन्मेको २८ दिनभित्र म्यानेन्जाइटिस देखिने गर्दछ । जसलाई नियानेटल म्यानेन्जाइटिस भनिन्छ । गर्भावस्था वा सुत्केरीको समयमा केही ब्याक्टेरिया बच्चामा सर्न सक्छ । आमालाई लक्षण नदेखिए पनि यस्ता जीवाणु बच्चामा पुगेपछि उनीहरुलाई गम्भीर संक्रमण गराउँछ । किनकी उनीहरुमा रोगप्रतिरोधी क्षमताको विकास भइसकेको हुँदैन ।

उपचारको अवस्था के छ ?
म्यानेन्जाइटिस गराउने धेरै कारण रहेकाले कारण अनुसार त्यसको उपचार सुरु गर्नुपर्ने हुन्छ । यसको जाँचको लागि धेरैजसो बिरामीमा गरिने विधि भनेको ढाडको भागबाट पानी निकाल्ने र जाँच गर्ने जसबाट भाइरल हो कि फंगशका कारणले हो वा अन्य कुनै कारणले भएको हो छ्ुट्याउन सकिन्छ र त्यसैको आधारमा रोग पहिचान गरेर उपचार सुरु गरिन्छ ।

समयमै उपचारका लागि आउँदा सबैखालको म्यानेन्जाइटिस निको पार्न सकिन्छ । तर कहिलेकाहीँ उपचारमा गरिने ढिलाइका कारण संक्रमण भएको ठाउँमा पिप बनेर बस्ने, मष्तिष्कको भित्री भागमा असर गरेर इन्सेफ्लाइटिस हुने, टाउकोको प्रेसर बढाउने, त्यही संक्रमण ढाडतिर गएर प्यारालाइसिस हुने, हातखुट्टा नचल्नेलगायतका समस्या निम्त्याउन सक्छ ।

रोग समयमै पत्ता लाग्यो र बिरामी समयमै उपचारका लागि आउँदा सबै खालको म्यानेन्जाइटिसको उपचार नेपालमै सम्भव छ ।

म्यानेन्जाइटिसविरुद्ध खोपको अवस्था के छ ?
सरकारले नियमित खोप कार्यक्रममा समावेश गरेका धेरै खोपले रोग प्रतिरोधात्मक क्षमता बढाएर म्यानेन्जाइटिसविरुद्ध लड्न मद्दत गर्छ ।

म्यानेन्जाइटिसविरुद्ध बनेको मेनिन्गोकोकल नामक भ्याक्सिन भने खोप कार्यक्रममा समावेश छैन । विशेष परिस्थितिमा सरकारी तथा निजी स्वास्थ्य संस्थामा गएर लगाउन सकिन्छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ११ : २० बजे

‘मतदान सम्पन्न भएको दुई घण्टामा नतिजा आउँछ’

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा मतदान मतदान जारी छ। नेता

दिउँसैसम्म हुस्सु-कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

कञ्चनपुर– यहाँ बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै

यस्तो छ एमाले महाधिवेशनस्थल बाहिरको अवस्था (तस्बिरहरू)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

पाटन– प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्