खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको जहाज भैरहवा आइपुग्यो « Khabarhub

खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको जहाज भैरहवा आइपुग्यो


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

भैरहवा– खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुवै हात्ती कतारलाई नेपाल सरकारले खगेन्द्र र रुद्रकली उपहारस्वरूप प्रदान गर्न लागेको हो ।

यसअघि मंगलबार खगेन्द्रप्रसाद र रुद्रकलीलाई चितवनबाट भैरहवा पुर्‍याइएको थियो । स्रोतका अनुसार आवश्यक कागजी प्रक्रिया पूरा भएपछि खगेन्द्र र रुद्रकलीलाई जहाजमार्फत गन्तव्यतर्फ लगिने तयारी छ।

विमानस्थलमा सम्बन्धित निकायका प्रतिनिधि तथा सुरक्षाकर्मीको उपस्थिति रहेको बताइएको छ।

कतार पठाउन लागेका खगेन्द्रप्रसाद भाले हात्ती छ वर्षको र रुद्रकली पोथी हात्ती सात वर्षका छन् । विसं २०८१ बैंशाखमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको औपचारिक भ्रमणका बेला नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने जनाएको थियो ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ३ : २७ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका