कहिले पुनर्निर्माण होला बीपी राजमार्ग ? (तस्बिरहरू) « Khabarhub

कहिले पुनर्निर्माण होला बीपी राजमार्ग ? (तस्बिरहरू)


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असोज दोश्रो साता गएको बाढीपहिरोले क्षति गरेको बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा दैनिक यात्रा गर्ने यात्रुहरूले सास्ती भोग्नु परिरहेको छ ।

रोशी खोलाको बाढीले सो राजमार्गमा क्षति पुगेपछि निर्माण गरिएको डाइभर्सन सडक कच्ची र धुलाम्मे हुने भएका कारण यात्रुहरूले सास्ती भोग्नु परेको हो ।

क्षतिग्रस्त राजमार्ग कहिले बन्ने भन्ने कुनै टुङ्गो छैन । सरकारी स्तरको निर्णय र आर्थिक सहायता बिना सो राजमार्ग पुनर्निर्माण हुने सम्भावना देखिँदैन ।

सो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले बीपी राजमार्गअन्तर्गत भकुण्डेबेसीबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरेको भए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन ।

राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त छ ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो ।

खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ८ : १२ बजे

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत