बुमराहले च्याम्पियन्स ट्रफी खेल्ने « Khabarhub

बुमराहले च्याम्पियन्स ट्रफी खेल्ने


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – चोटले सताइएको भारतले आसन्न च्याम्पियन्स ट्रफीमा स्टार खेलाडी जसप्रित बुमराहलाई समावेश गर्ने सम्भावना प्रबल भएको छ। श्रोतका अनुसार भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले शनिबार टोलीको घोषणा गर्नेछ।

भारतले च्याम्यिन्स ट्रफीमा २० फेब्रुअरीका दिन पहिलो खेल बङ्गलादेशसँग खेल्ने छ। २३ फेब्रुअरीमा पाकिस्तान तथा २ मार्चमा न्युजिल्यान्डसँग खेल्नेछ। ४ र ५ मार्चमा सेमिफाइनल हुनेछ। ९ मार्चमा प्रतियोगिताको फाइनल हुनेछ। उनको फिटनेस लेभल परीक्षण गर्नका लागि इङ्गल्यान्डविरुद्ध हुने तीन खेलको शृङ्खलामा कम्तीमा एउटामा खेलाइने सम्भावना प्रबल छ।

यसैगरी, गत विश्वकपदेखि टाढा रहेको मोहम्मद सामीको बारे पनि प्रश्न उठ्न थालेका छन्। उनी अहिले घरेलु क्रिकेटमा फर्किएका छन्। साथमा इङ्गल्यान्डसँगको शृङ्खलाका लागि घोषित टोलीमा पनि अटाइएका छन्।

च्याम्पियन्स ट्रफीमा कुलदिप यादवको फिटनेस पनि शङ्काको घेरामा परेको छ। उनले च्याम्पियन्स ट्रफी अघि नै आफू फिट रहेको पुष्टि गर्नु आवश्यक देखिएको छ।

सुभमन गिल र रोहित शर्माको वैकल्पिक प्रारम्भिक ब्याट्सम्यानका बारे त्यत्तिकै चासो छ। लोकेश राहुल, ऋषभ पन्त, सञ्जु सामसन र ध्रुव जुरेलका बिचमा दुई विकेट किपर ब्याट्सम्यानका बारे पनि धेरैको चासो छ।

स्पिनर अलराउण्डर सिम अलराउण्डर मध्य कसले प्राथमिकता पाउने भन्ने चासो पनि धेरैमा छ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ९ : ०१ बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा