मन्त्री निवासमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरु « Khabarhub

मन्त्री निवासमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरु


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको भैँसेपाटीस्थित सङ्घीय सरकारका मन्त्री एवं प्रदेशका मुख्यमन्त्रीको आवासलगायत क्षेत्रमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरु भएको छ । सङ्घीय सरकार खानेपानी मन्त्रालयअन्तर्गत काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका विभिन्न स्थानमा खानेपानी पुर्‍याउनका लागि बोलपत्रसहितको प्रक्रिया सुरु गरेको हो ।

यसअघि मन्त्री निवास भैँसेपाटीलगायत ठाउँमा खानेपानीको आपूर्ति भएको थिएन । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका आठ स्थानमा खानेपानी आयोजना निर्माणका लागि बोलपत्रसहितको प्रक्रिया सुरु गरेको खानेपानी मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडद्वारा आह्वान गरिएको बोलपत्रमा ललितपुर महानगरपालिका–१८, सैंबु भैँसेपाटीमा रहेको मन्त्री निवाससहित ललितपुर महानगरपालिका–१८, मगरगाउँ, ललितपुर महानगरपालिका–१४, बूढामार्ग, ललितपुर महानगरपालिका–१५, युलेन्स स्कुल, धापाखेल, ललितपुर महानगरपालिका–१७, बाफल, ललितपुर महानगरपालिका–२६, चोखेल, ललितपुर महानगरपालिका–१५, शान्तिनगर माइक्रोपार्क, ललितपुर महानगरपालिका–८, ९ बोजेपोखरी र बालकुमारी पुल गरी जम्मा आठ ठाउँको खानेपानी निर्माणका लागि बोलपत्र आह्वान गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

योजनाअन्तर्गत ती स्थानमा खानेपानी निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी सर्वसाधारणलाई शुद्ध तथा दिगो खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको छ । परियोजनाले विशेषतः सहरी र अर्ध–सहरी क्षेत्रमा खानेपानीको आपूर्ति सुधार गर्ने उद्देश्य राखेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १२ : ०१ बजे

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुपक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा