चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण « Khabarhub

चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण गरेको छ । जिल्लामा पहिलोपटक खानेपानी गुणस्तर मिनी ल्याब सुरु गरेको नगरपालिकाले ‘खानेपानी गुणस्तर अनुगमन तथा गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन कार्यविधि–२०८१, स्वीकृत गरी परीक्षणको शुल्क निर्धारण गरेको हो ।

नगरपालिकाले सामुदायिक विद्यालय, नगर अस्पताल र सरकारी स्वास्थ्य संस्थाहरू, नगरपालिकाअन्तर्गतका वडा कार्यालय र अन्य मातहतका कार्यालयहरू र विपन्न नागरिकका लागि खानेपानी परीक्षण निःशुल्क गर्दै अन्य व्यक्ति र निकायलाई शुल्क निर्धारण गरिएको नगरप्रमुख जीवन खत्रीले बताए । नगरभित्रका घरका लागि पानी परीक्षण शुल्क प्रतिपटक रु तीन सय तोकेको छ ।

संस्थागत विद्यालय तथा मन्टेश्वरीका लागि प्रतिपटक रु छ सय ५०, संस्थागत अस्पताल र स्वास्थ्य संस्था तथा अन्य सङ्घसंस्थाहरू, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरू, होटल, जार तथा बोतलको पानी उत्पादन गर्ने कम्पनी तथा अन्य कम्पनीहरू, नगरपालिका क्षेत्रबाहिरका घरका लागि प्रतिपटक रु एक हजार दुई सय ५० निर्धारण गरिएको नगरप्रमुख खत्रीले जानकारी दिए।

चाँगुनारायण नगरपालिकाको प्रमुख प्रशासकीय भवनमा सुरु गरिएको प्रयोगशालामा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड–२०७९ मा उल्लिखित २७ वटामध्ये धमिलोपन, हाइड्रोजन विभव, विद्युतीय संवाहकता, फलाम, क्लोराइड, अमोनिया, नाइट्रेट, सल्फेट, आर्सेनिक, क्लोरिन अवशेष, कुल कडापन, इकोली, कुल कोलिफमजस्ता आधारभूत पारामितिहरू परीक्षण गर्न सकिनेछ ।

नगरमा सञ्चालित सुरक्षित पानी र उत्थानशील नगरपालिका (सर्वोच्च) परियोजनासँगको साझेदारीमा खानेपानी गुणस्तर परीक्षण मिनी प्रयोगशाला सुरु गरिएको नगरप्रमुख खत्रीले बताउनुभयो । उहाँले नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले खानेपानी गुणस्तर जाँच गर्न शुल्क निर्धारणसहित परीक्षण गर्न÷गराउन सुरु गरिएको उनले उल्लेख गरे ।

नगरपालिकाले नेदरल्याण्डको डोपर संस्थासँगको समन्वय तथा लागत साझेदारीका साथै विभिन्न संस्थाको सहयोगमा ल्याब सञ्चालनमा ल्याइएको हो । योसँगै जिल्लामा रहेकामध्ये चाँगुनारायण खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने पहिलो नगर बनेको छ ।

काठमाडौँ उपत्यकाको खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्ने चाँगुनारायण तेस्रो नगरपालिका हो । यसअघि गोदावरी र महालक्ष्मी नगरपालिकाले यस्तो प्रयोगशाला सञ्चालनमा ल्याइसकेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ९ : १० बजे

२००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने

लन्डन- बेलायतले भावी पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन

सम्भावित एकताका लागि सुदन र हर्क छलफलमा

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रलोपा छोडेर

मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान

बागमती– बाघलगायत वन्यजन्तुबाट हुने क्षतिका घटना घटाउन पर्सा राष्ट्रिय निकुञ्जले

होर्मुज खुलाउन इरानद्वारा अस्वीकार

तेहरान– अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल

बालेन सरकारले उल्ट्यायो ओली सरकारको निर्णय, एकेडेमीको जग्गा प्रहरीलाई नै फिर्ता

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा