नेपाल-भारत सुरक्षा बैठक : अपराध रोक्न सहकार्य गर्ने सहमति « Khabarhub

नेपाल-भारत सुरक्षा बैठक : अपराध रोक्न सहकार्य गर्ने सहमति


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल–भारत सुरक्षा बैठक सम्पन्न भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा सम्पन्न बैठमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, सीमा स्तम्भहरुको मर्मत तथा सम्भार, दशगजा क्षेत्रमा हुने अतिक्रमण लगाएतका विषयमा छलफल भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलवीचको डिआईजी स्तरीय समन्वयात्मक उक्त बैठकमा सिमा रक्षामा सहकार्य गर्ने सहमति भएको छ ।

बसन्तपुरको लुम्बिनी केबलकारको माथिल्लो स्टेसनस्थित कामाख्या मन्दिर परिसरमा भएको बैठकमा सशस्त्र प्रहरी बल, नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले आयोजना गरेको छैटौं समन्वयात्मक बैठकले दशगजा क्षेत्र अतिक्रमण गरी बनाईएका भौतिक संरचनाहरु संयुक्त प्रयासद्वारा हटाउने, दशगजा क्षेत्रको सरसफाइ तथा सौन्दर्यकरण गर्ने निर्णय गरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालले जानकारी दिए ।

बैठकले मानव तस्करी, अपहरण, नक्कली मुद्रा, हातहतियार, गोलिगठ्ठा, लागूऔषध तथा प्रतिबन्धित औषधी लगायत अवैध वन्यजन्तु तस्करी नियन्त्रण, गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकहरुको नियन्त्रण तथा रोक लगाउने विषयमा विस्तृत रुपमा छलफल गरी दुई देशका सीमा सुरक्षा निकट बीच समन्वय र सहकार्य बढाउने निर्णय भएको सशस्त्र प्रहरी नायव महानिरीक्षक पालले बताए ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १० : ४६ बजे

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

रक्षा मन्त्रालयको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

अवैध लागूऔषधसहित कैलाली र चितवनबाट पाँच जना पक्राउ

काठमाडौं– कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो

स्थानीय तहले फेरि एकपटक भूउपयोग परिवर्तन सक्ने

काठमाडौं – भूउपयोगको वर्गीकरण गरिसकेका स्थानीय तहले पनि फेरि एकपटक

जापानी कलाकारले फ्यानलाई काखी सुँघाएपछि…

काठमाडौं- जापानको मनोरञ्जन उद्योगमा ‘आइडल कल्चर’ को विशेष महत्व छ