थोरै निक्षेप भएको स्टान्डर्ड चाटर्डले समेत गर्न सकेन कर्जा प्रवाह « Khabarhub

थोरै निक्षेप भएको स्टान्डर्ड चाटर्डले समेत गर्न सकेन कर्जा प्रवाह

निक्षेप संकलनमा ग्लोबल आइएमई अब्बल


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको सात महिनामा बैंकिङ क्षेत्रको व्यवसाय हेर्दा सबै वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न असफल देखिएका छन्‌ ।

नेपाल बैंकर्स संघले प्रकाशित गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका वाणिज्य बैंकहरूको सीडी रेसियो ७९.३५ प्रतिशत मात्रै रहेको छ, जुन केन्द्रीय बैंकले तोकेको मापदण्ड भन्दा १० प्रतिशत कम हो ।

राष्ट्रिय वाणिज्य र स्टान्डर्ड चाटर्डको कर्जा प्रवाह सबैभन्दा कमजोर

तथ्यांकअनुसार; समीक्षा अवधिमा निक्षेप संकलनको तुलनामा राष्ट्रिय वाणिज्य बैंक र स्टान्डर्ड चाटर्ड बैंकको कर्जा प्रवाह सबैभन्दा कमजोर देखिएको छ ।

गत आर्थिक वर्षको अन्तिम अर्थात् असार मसान्तसम्म राष्ट्रिय वाणिज्य बैंक र स्टान्डर्ड चाटर्ड बैंकसँग निक्षेप क्रमशः ४२९.१४ अर्ब र ११४.८३ अर्ब रहेको थियो ।

चालु आर्थिक वर्षको ७ महिनामा ती बैंकको क्रमशः ४४४.३७ अर्ब र १२४.४९ अर्ब निक्षेप पुगेको छ । तर, ती बैंकले क्रमशः २८३.५३ अर्ब र ८५.८७ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् ।

केन्द्रीय बैंकले तोकेको सीडी रेसियोको आधारमा ती बैंकको सीडी रेसियो क्रमशः ६३.९६ प्रतिशत र ६८.९७ प्रतिशत मात्रै रहेको छ ।

निक्षेप संकलनमा सबैभन्दा अगाडि ग्लोबल आइएमई

समीक्षा अवधिसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा अगाडि ग्लोबल आइएमई बैंक देखिएको छ ।

ग्लोबल आइएमई बैंकले समीक्षा माघ मसान्तसम्म ५२९.२० अर्ब निक्षेप संकलन गरेको छ भने ४३१.३४ अर्ब कर्जा प्रवाह गर्दै ७८.७७ सीडी रेसियो कायम गरेको छ ।

त्यस्तै, दोस्रो धेरै निक्षेप नबिल बैंकले ४९९.५४ अर्ब संकलन गरेको छ भने ४११.८३ अर्ब कर्जा प्रवाह गर्दै ८२.८४ प्रतिशत सीडी रेसियो कायम गरेको छ ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरूको निक्षेप र कर्जा प्रवाहको अवस्था

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  २ : ४५ बजे

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।