गाडीको जस्तै पोखरामा अब डुंगा चालकको पनि मापसे जाँच « Khabarhub

गाडीको जस्तै पोखरामा अब डुंगा चालकको पनि मापसे जाँच


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

पोखरा – गाडी चालकले मादक पदार्थ सेवन (मापसे) गरे नगरेको परीक्षण गरेको त तपाईं हामी सबैले देखेकै हो। कताकति लागूपदार्थ सेवन (लापसे) परीक्षण हुने गरेको पनि सुनेकै हो।

पोखरामा भने डुंगा चालकको पनि मापसे र लापसे परीक्षण हुन्छ। देश विदेशबाट आउने पर्यटक र स्थानीय यात्रुको सुरक्षाका लागि यसो गरिएको हो। यसै क्रममा फेवातालमा डुंगा चालकले मापसे र लापसे गरे नगरेको थाहा पाउन जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार यस्तो परीक्षण गरेको छ।

डुंगा चालकले ती दुबै पदार्थको सेवन गरेर डुंगा चलाउदा हुन सक्ने सम्भावित घटनालाई रोक्न कार्यक्रम गरेको प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।

वडा प्रहरी कार्यालय बैदाम, सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की र सामुदायिक सेवा केन्द्र बैदामसँगको समन्वयमा लेकसाइडको बाराहीघाट र फिस्टेल गेटमा डुंगा चालकसँग अन्तरक्रियाका साथै मापसे परीक्षण गरिएको हो। प्रहरी उपरीक्षक ओलियाले २४ जना डुंगा चालकको परीक्षण गर्दा १ जनाले मापसे गरेको पाइएको बताए।

‘पोखरा आउने पर्यटकमध्ये प्रायजसोले फेवातालमा डुंगामा सयर गर्छन्। पर्यटकको सुरक्षाको लागि सांकेतिक रुपमा कार्यक्रम गरेको हो,’ उनले भने, ‘चालकले मादक पदार्थ सेवन गरेर डुंगा चलाएको सन्दर्भमा बेला बखत यात्रुबाट प्रहरीलाई उजुरी आउने गरेको छ। प्रहरीले गरेको पहलले सकारात्मक सन्देश जाने छ।’

उनले प्रहरीले यात्रुको सुरक्षालाई ख्याल राख्दै नियमित अनुगमन गर्ने जानकारी दिए। उनले मादक पदार्थ सेवन गरेर डुंगा नचलाउन तथा यात्रुलाई राम्रो व्यवहार गर्न सुझाव दिए।

फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले चालकलाई मदिरा सेवन गरेर डुंगा चलाउन नदिन समितिले नियमित अनुगमन गरेको बताए। चालकले मदिरा सेवन गरेको पाइएमा तीन महिना डुंगा चलाउन रोक लगाउने जनाए।

सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की प्रमुख भीम पराजुलीले फागुन महिना हावा हुरी चल्न सक्ने र डुंगा चालकबाट हुन सक्ने सानो गल्तीले दुर्घटना हुन सक्ने बताए। उनले अन्तर्राष्ट्रिय क्षेत्रका नकारात्मक सन्देश जाने नदिन चालकको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे। फेवातालमा डुंगा दुर्घटना हुन नदिन सचेतना अभियान गर्ने बताएका छन्।

फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले चालकलाई मदिरा सेवन गरेर डुंगा चलाउन नदिन समितिले नियमित अनुगमन गरेको बताए। चालकले यात्रुसँग गर्ने बोली वचनको समेत निगरानी राख्ने उल्लेख गर्दै उनले मदिरा सेवन गरेको पाइएमा तीन महिना डुंगा चलाउन रोक लगाउने जनाए। उनले समितिले चालकलाई छुट्टै लाइफ ज्याकेटको व्यवस्थाका अलवा यात्रुको बिमाका व्यवस्था गर्ने योजना सुनाएका छन्।

कार्यक्रममा डुंगा चालकले परिचयपत्र लगाएको र लाइफ ज्याकेटको अनिवार्य प्रयोगको बारेमा समेत निरीक्षण गरिएको थियो। फेवातालमा चल्ने गरी अहिले सात सय ७६ डुंगा छन्। ती सबै डुंगा र डुंगा चालक विभिन्न घाटका समितिमा आबद्ध छन्।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ८ : १२ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात