फागुन १० देखि स्वयम्भू महोत्सव हुने  « Khabarhub

फागुन १० देखि स्वयम्भू महोत्सव हुने 


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बार १५ ले स्वयम्भू महोत्सव गर्ने भएको छ । 

यही फागुन १० गते सुरु हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको काठमाडौं– १५ का वडाध्यक्ष इश्वरमान डङ्गोलले जानकारी दिए ।

वडाको भौगोलिक अवस्थिति, धार्मिक, सांस्कृतिक तथा सामाजिक रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बासहितका प्राचीन स्मारकजस्ता विविधतायुक्त विशेषतालाई पहिचानका रुपमा स्थापित गर्न महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गर्ने आयोगकको भनाई छ । प्रदर्शनीमा परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तको संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, बुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा राख्ने तयारी गरिएको अध्यक्ष डङ्गोलले बताए ।

रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलाप महोत्सवका आकर्षण हुने महोत्सवमा ‘पुर्खाको पौरख, नेपाली गौरव’ नारासहित सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरू पनि हुने आयोजकको भनाइ छ । महोत्सव फागुन १७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ११ : ०३ बजे

इन्द्रजात्रा : राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू छाता ओढेर पुगे वसन्तपुर

काठमाडौं– काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा

कास्कीको मार्दी खोलामा पानीको सतहले सतर्कता तह पार गर्‍यो 

काठमाडौं– कास्कीको मार्दीखोलाले पानीको सतर्कता तह पार गरेको छ ।

चालीस मेगावाटको राहुघाट राष्ट्रिय प्रसारणमा जोडियो

काठमाडौं– चालीस मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको

कात्तिक २० मा ‘डल्लेले इन्ट्री मार्‍यो’

काठमाडौं– अभिनेता ‘सागर लम्साल ‘बले’ को डेब्यु चलचित्र ‘डल्लेले इन्ट्री

चीनियाँ सहयोग र सीमा नाका सञ्चालनबारे छलफल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत