फागुन १० देखि स्वयम्भू महोत्सव हुने  « Khabarhub

फागुन १० देखि स्वयम्भू महोत्सव हुने 


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बार १५ ले स्वयम्भू महोत्सव गर्ने भएको छ । 

यही फागुन १० गते सुरु हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको काठमाडौं– १५ का वडाध्यक्ष इश्वरमान डङ्गोलले जानकारी दिए ।

वडाको भौगोलिक अवस्थिति, धार्मिक, सांस्कृतिक तथा सामाजिक रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बासहितका प्राचीन स्मारकजस्ता विविधतायुक्त विशेषतालाई पहिचानका रुपमा स्थापित गर्न महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गर्ने आयोगकको भनाई छ । प्रदर्शनीमा परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तको संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, बुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा राख्ने तयारी गरिएको अध्यक्ष डङ्गोलले बताए ।

रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलाप महोत्सवका आकर्षण हुने महोत्सवमा ‘पुर्खाको पौरख, नेपाली गौरव’ नारासहित सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरू पनि हुने आयोजकको भनाइ छ । महोत्सव फागुन १७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ११ : ०३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको