जाजरकोट भूकम्पपछिको पुनर्निर्माण सुरु « Khabarhub

जाजरकोट भूकम्पपछिको पुनर्निर्माण सुरु


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण सुरु गरिएको छ । डोटीमा ६०० भन्दा बढी लाभग्राहीसँग सम्झौता भइसकेको र केही दिनमा अनुदान रकम पठाउने तयारी गरिएको छ । 

अन्य जिल्लाहरू जाजरकोट र रुकुम पश्चिममा क्षतिको विवरण संकलन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले जानकारी दिए। 

डोटीमा गत वर्ष नै क्षति विवरण संकलन गरिएकामा उक्त तथ्यांकलाई पुनः परीक्षण गरेर पुनर्निर्माण अघि बढाइएको उनले बताए। उनका अनुसार डोटीमा नौ हजार हाराहारीमा लाभग्राही छन् ।

जाजरकोट र रुकुम पश्चिममा पुनर्निर्माणका लागि पहिलो चरणको विवरण संकलन भइरहेको र अब पुनर्निर्माण सुरु हुने कार्यकारी प्रमुख भुसालले जानकारी दिए। उनका अनुसार  पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका निजी घरहरूको विस्तृत विवरण संकलनमा विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय र प्राधिकरणबीच सम्झौता गरी काम भइरहेको छ ।

यकिन विवरण संकलन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनाल, सुदीपविक्रम भट्ट र रामबहादुर केसीसहितको टोलीले स्थलगत रूपमा जाजरकोट पुगेर सोमबार पहिलो चरणमा खटिने प्राविधिकलाई तालिम सञ्चालन गरेका छन्  ।

उनीहरूले स्थानीय तह, सहरी विकास मन्त्रालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट खटिएका इन्जिनियरलाई तालिम सञ्चालन गरेका हुन् । रुकुम पश्चिमका लागि पनि टोली खटाइसकिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १२ : १४ बजे

जनताको जीवनभन्दा ठूलो कुनै पुरस्कार हुन सक्दैन : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले सरकारले

पाँच जना फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका पाँच जना

वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने भएको

युवा लक्षित ग्लोबल आइएमईको ‘नेक्स्ट जेन’ खाता, घरमै बसेर खोल्न सकिने

काठमाडौं – ग्लोबल आइएमई बैंकले युवालाई लक्षित गर्दै घरमै बसेर

कारागारबाट फरार कैदी भारत-नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर– कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल-भारत सीमा