तीनवर्षदेखि चिस्यान घर निर्माण रोकियो, किसान निराश « Khabarhub

तीनवर्षदेखि चिस्यान घर निर्माण रोकियो, किसान निराश


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– चिस्यान घर निर्माण हुने आशामा बसेका बर्दिबास नगर क्षेत्रका किसान निराश भएका छन् । छ वर्षअघि निर्माण सुरु गरिएको चिस्यान घर तीन वर्षदेखि स्थगित छ । 

‘चिस्यान घर बन्ने आशा थियो,’ बर्दिबास–९ का सुरजसिंह कुशवाहाले भने, ‘तर निर्माण रोकिएपछि आश मर्‍यो ।’

 विसं २०७५ मा सुरु भएको चिस्यान घर निर्माण नगरपालिकाले प्राथमिकतामा नराख्दा सम्पन्न नभएको कुशवाहा बताउँछन्।

विसं २०७५ मा नगरपालिकाले चिस्यान घर निर्माण सुरु गरेको थियो ।  विसं २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले चासो नदेखाएको किसानको गुनासो छ । बर्दिबास–२, ६ र ८ को मध्यमा ‘मोडल एग्रो भिलेज’ क्षेत्रभित्र चिस्यान घर निर्माण सुरु गरिएको थियो ।

कुल २२ करोड अनुमानित लागतमा बन्न थालेको चिस्यान घर तीन हजार मेट्रिक टन कृषि उत्पादन सुरक्षण गर्ने क्षमताको हुने लागत अनुमानमा उल्लेख छ । 

‘अहिले हाम्रा फसलले मूल्य पाएका छैनन्,’ बर्दिबास–१२ बिजलपुराका किसान रामविलास सिंहले भने, ‘चिस्यान घर बनेको भए गत साउनमा पाकेको आँप हामी अहिले बजारमा पुर्‍याएर राम्रो मूल्य लिनसक्ने थियौँ ।’ 

बन्न थालेको काम किन अड्क्यो भन्ने सर्वसाधारणको चिन्ता जायज नभएको नगर प्रमुख प्रल्हाद क्षत्री बताउँछन्। 

उनले भने, ‘यो ठूलो रकमको महत्वाकाङ्क्षी योजना भएकाले पछिल्ला दिनमा आवश्यक बजेट अभावमा निर्माण अघि बढाउन नसकिएको हो ।’

 क्षत्रीले सङ्घीय र प्रदेश सरकारबाट चिस्यान घर निर्माणमा सहयोग जुट्नासाथ काम अघि बढाउने बताए।

चिस्यानघरको बाहिरी संरचना निर्माण भइसकेको छ । हालसम्म छ करोड खर्च भएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाले मेयर कृषि कार्यक्रम सञ्चालनका लागि छुट्टाएको बर्दिवास–२, ६ र ८ नं वडामा पर्ने एउटै प्लटमा ८४ बिघा जग्गा छ । सो जग्गाभित्र चिस्यान घर निर्माण थालिएको हो ।

बर्दिबास कृषि कार्यक्रमअन्तर्गतको ‘मोडल एग्रो भिलेज’ नमूना कृषिस्थल बनाइने नगरपालिकाले जनाएको छ । यहाँबाट अभिलेखीय प्रणालीको कृषि व्यवस्थित गरिने जनाइएको छ । 

‘बर्दिबास कृषि कार्यक्रममा हामी नगरका सबै किसानलाई समेट्छौँ,’ नगरप्रमुख क्षत्रीले भने, ‘कुन किसानले कुन बाली कति क्षेत्रफलमा लगाउँदैछन् ?  यो कति उत्पादन हुनसक्छ रु यसकोे अभिलेख खडा गरेर उत्पादित फसलको बजारसमेत पक्का गर्ने कार्यक्रमको उद्देश्य हो ।’

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १ : २७ बजे

चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको