सभामुखले अनुमति दिँदा पनि बोलिनन् सुमना « Khabarhub

सभामुखले अनुमति दिँदा पनि बोलिनन् सुमना


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठलाई बोलाए पनि उनी भने संसद्मा अभिव्यक्ति दिन उपस्थित भइनन् । 

सोमवार सभामुख घिमिरेले बोल्न नदिएको भनेर बैठक छाडेर हिँडेकी सांसद श्रेष्ठलाई आज सभामुख घिमिरेले बोल्नका लागि समय दिएका थिए  तर सांसद श्रेष्ठबाट भने कुनै प्रतिक्रिया दिइनन् ।

सभामुख घिमिरेले ‘माननीय सुमना श्रेष्ठ’ भने तीन-तीन पटक उच्चारण गर्दा पनि सांसद श्रेष्ठले बोल्ने समयमा उपस्थित नभएपछि सभामुख घिमिरेले अन्य सांसदलाई पालो दिएका थिए ।  

प्रतिनिधिसभाको जारी बैठकमा शून्य समयमा नेकपा एमालेका सांसद सुनिता बरालपछि सभामुख घिमिरेले रास्वपा सांसद श्रेष्ठलाई बोलाएका थिए तर कुनै पनि प्रतिक्रिया नपाएपछि उनले सुशीला ठकुरीलाई पालो दिनु परेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  २ : ५१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको