सभामुखले अनुमति दिँदा पनि बोलिनन् सुमना « Khabarhub

सभामुखले अनुमति दिँदा पनि बोलिनन् सुमना


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठलाई बोलाए पनि उनी भने संसद्मा अभिव्यक्ति दिन उपस्थित भइनन् । 

सोमवार सभामुख घिमिरेले बोल्न नदिएको भनेर बैठक छाडेर हिँडेकी सांसद श्रेष्ठलाई आज सभामुख घिमिरेले बोल्नका लागि समय दिएका थिए  तर सांसद श्रेष्ठबाट भने कुनै प्रतिक्रिया दिइनन् ।

सभामुख घिमिरेले ‘माननीय सुमना श्रेष्ठ’ भने तीन-तीन पटक उच्चारण गर्दा पनि सांसद श्रेष्ठले बोल्ने समयमा उपस्थित नभएपछि सभामुख घिमिरेले अन्य सांसदलाई पालो दिएका थिए ।  

प्रतिनिधिसभाको जारी बैठकमा शून्य समयमा नेकपा एमालेका सांसद सुनिता बरालपछि सभामुख घिमिरेले रास्वपा सांसद श्रेष्ठलाई बोलाएका थिए तर कुनै पनि प्रतिक्रिया नपाएपछि उनले सुशीला ठकुरीलाई पालो दिनु परेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  २ : ५१ बजे

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज ६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६