आइभीएफ सेवाको झुटो प्रचारप्रसार नगराउन मन्त्रालयको पत्राचार  | Khabarhub Khabarhub

आइभीएफ सेवाको झुटो प्रचारप्रसार नगराउन मन्त्रालयको पत्राचार 


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइभीएफ सेवाको झुटो प्रचारप्रसार नगराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ ।

आइभीएफ सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै आइभीएफ सेवा सम्बन्धमा झुटो प्रचारप्रसार नगर्न/नगराउन मन्त्रालयले आग्रह गरेको हो ।

स्वास्थ्य संस्थाले आइभीएफ सेवा सम्बन्धमा झुटो प्रचारप्रसार तथा चर्को मिडियाबाजी गरी सेवाग्राहीलाई चरम ठगी गरेको साथै मनोमानी ढङ्गले शुल्कसमेत असुल्ने गर्ने गरेको भनी गुनासो प्राप्त भएकाले यस्तो निर्देशन दिएको मन्त्रालयको भनाइ छ । सेवा शुल्कको विवरण संस्थाको वेब साइडमा अनिवार्य रूपमा राख्ने व्यवस्था मिलाउन मन्त्रालयको निर्देशन छ ।

यदि शाखा स्थापना गरी सेवा सञ्चालन गर्न चाहेमा अनुमति प्रदान गर्ने निकायबाट मापदण्ड बमोजिमको प्रक्रिया पूरा गरी पुनः अनुमति लिन मन्त्रालयले आग्रह गरेको छ । संस्थामा सेवाका लागि आउने विपन्न, असहायक बिरामीका लागि दस प्रतिशत निः शुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ । 

संस्थाबाट प्रदान गरिएका सेवाको प्रतिवेदन प्रत्येक चौमासिक रूपमा अनुमति प्रदान गर्ने निकायमा अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह मन्त्रालयले गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ३ : ५३ बजे

अवरुद्ध सडक खुलाउन सरकारको पहल सुरु

काठमाडौं– मुलुकका विभिन्न स्थानमा  पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले

वीरगञ्ज महानगरले पुनःनिर्माणका लागि छुट्यायो ३० अर्ब

वीरगञ्ज – वीरगञ्ज महानगरले चालु आर्थिक वर्ष २०८२-८३ का लागि

जेन-जी आन्दोलनमा क्षतिग्रत सरकारी संरचनाको परिक्षण

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाको सरसफाइका

कर्णालीका ४२ ठाउँमा चाडपर्व लक्षित सुपथ पसल

काँक्रेविहार– कर्णालीमा चाडपर्व लक्षित ४२ वटा सुपथ मूल्य पसल सञ्चालनमा

रुसी आक्रमणमा तीन जनाको मृत्यु, १३ जना घाइते

एजेन्सी–  युक्रेनका अधिकारीहरूले जानकारी दिएअनुसार, डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सेनाको रातभरको