पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु « Khabarhub

पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अशान्त दक्षिण–पश्चिम पाकिस्तानमा बन्दुकधारी एक समूहले बसमा सवार यात्रुमाथि आक्रमण गरी कम्तीमा सात जनाको हत्या गरेको छ ।

उक्त सशस्त्र समूहले बसमा यात्रारत ती व्यक्ति अर्कै क्षेत्रको भएको पहिचान गरी गोली हानी हत्या गरेको एक सरकारी अधिकारीले बुधबार बताए ।

पञ्जाबसँग जोडिएको प्रान्तीय सीमा नजिकै बलुचिस्तान हुँदै राजमार्गमा गुडिरहेको बसको टायरमा गोली हानी हावा खुस्काइदिएको र बस रोकिएपछि बसमा छिरी पञ्जावी समुदायका मानिसहरूलाई पहिचान गरी बसबाट बाहिर निकाली गोली हानी हत्या गरेको सो क्षेत्रका एक वरिष्ठ सरकारी अधिकारी सआदत हुसेनले जानकारी दिए ।

“आतङ्ककारीहरू बन्दुकधारीहरू बसमा चढे र यात्रुहरूको परिचयपत्र देखाउन भने त्यसपछि पञ्जाबीहरूलाई बसबाट निकालियो र हत्या गरियो,” उनले भने । समाचार तयार पार्दासम्म यस आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।

अफगानिस्तान र इरानसँग सीमा जोडिएको गरिब तर खनिज पदार्थले भरिपूर्ण बलुचिस्तान प्रान्तमा सुरक्षा फौजले दशकौंदेखि साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लड्दै आएको छ ।

नेपाल पत्रकार महासङ्घ रासस शाखाका अध्यक्ष कृष्णप्रसाद सापकोटा, रासस कर्मचारी सङ्घका अध्यक्ष पवित्रा गुरागाईं, रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्का र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले कर्मचारीबाट सम्पादन भएका कामको उचित मूल्याङ्कन गर्न, वृत्तिविकासका कार्यक्रम अघि बढाउन, समाचारको गुणस्तर अभिवृद्धिका साथै आन्तरिक सुशासन कायम गर्न व्यवस्थापनको ध्यानाकर्षण गराए ।

नेपाली समाचारबाट सुरु भएको राससको सेवा अहिले अङ्ग्रेजी, अन्तर्राष्ट्रिय, फिचर÷आलेख÷विचार सेवा, फोटो सेवा, अडियो सेवा हुँदै २०७९ साउनदेखि श्रव्यदृष्य समाचार सेवा, २०८० माघदेखि अवधी तथा २०८१ असोजदेखि मैथिली र नेपालभाषामा पनि समाचार सेवा सुरुआत गरेको छ ।

राससले गत फागुन १ गतेदेखि २०८१ माघसम्म एक लाख ६२ हजार आठ ९० समाचार सामग्री सम्प्रेषण गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा एक लाख ३८ हजार १२ समाचार सामग्री सम्प्रेषण गरेको थियो । यसवर्ष राससले २४ हजार आठ सय ७८ समाचार सामग्री बढी सम्प्रेषण गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ३ : १७ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब