स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान जारी (तस्बिरहरू) « Khabarhub

स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान जारी (तस्बिरहरू)


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय मातहत रहेका मध्ये ४६ आङ्गिक र दुई सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भइरहेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए । मतदान अपराह्न ४ बजेसम्म जारी रहने छ ।

उनले विवाद भएका विभिन्न १३ वटा आङ्गिक क्याम्पसहरूमा निर्वाचन प्रक्रिया अगाडि बढाउने समझदारीको प्रयास भइरहेको जानकारी दिए ।

त्रिविका कतिपय आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्विरोध भइसकेको छ ।

मतदान सकिए लगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले आजै साँझदेखि मतगणना सुरु गर्नेछ ।

त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।

स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित हुनसकेको थिएन । एकै पटक २०७३ चैत १५ गते निर्वाचन भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पस बाहेक सम्पन्न भएको थियो ।

त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुँदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १० : २३ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज