कर्णालीबाट ३८ हजार परीक्षार्थी एसईईमा सहभागी हुँदै « Khabarhub

कर्णालीबाट ३८ हजार परीक्षार्थी एसईईमा सहभागी हुँदै


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली– यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा कर्णाली प्रदेशबाट ३७ हजार नौ सय ११ परीक्षार्थी सहभागी हुने भएका छन् ।

उक्त परीक्षामा साधारणतर्फ तीन हजार तीन सय ३८, प्राविधिकतर्फ एक सय छ, नियमिततर्फ तीन हजार चार सय ४४ र ग्रेड वृद्धितर्फ दुई सय २४ परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका सूचना अधिकारी तथा वरिष्ठ शिक्षा अधिकृत लोकप्रसाद पौडेलले जानकारी दिए। 

उनका अनुसार कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै सुर्खेतमा नौ हजार हजार पाँच सय १३ र सबैभन्दा कम परीक्षार्थी डोल्पामा सात सय ७७ जनाले परीक्षा दिँदै छन् । 

यस्तै, दैलेखबाट छ हजार एक सय ९६, जाजरकोटबाट चार हजार छ सय ६८, सल्यानबाट चार हजार दुई सय ६९, कालिकोटबाट चार हजार ८९, रुकुम पश्चिमबाट तीन हजार छ सय ६८, जुम्लाबाट दुई हजार छ सय ८१, हुम्लाबाट एक हजार एक सय चार र  मुगुबाट नौ सय सय ४६ परीक्षार्थी परीक्षा दिने सूचना अधिकारी पौडेलले बताए । 

यसै गरी, १० जिल्लामा एक सय ८० केन्द्र रहेकामा सुर्खेतमा सबैभन्दा धेरै ३३ र डोल्पामा सबैभन्दा कम चार वटा परीक्षा केन्द्र रहेका छन् । 

केन्द्राध्यक्ष एक सय ८०, सहायक केन्द्राध्यक्ष दुई सय ५२, निरीक्षक एक हजार आठ सय ९५, परीक्षा सहायक तीन सय ८०, कार्यालय सहयोगी सात सय ५८ र सुरक्षाकर्मी दुई हजार सात सय गरी जम्मा छ हजार एक सय ६५ जनशक्ति परिचालन हुने निर्देशनालयले जनाएको छ ।
 
सूचना अधिकारी पौडेलले कर्णाली प्रदेशका १० वटै जिल्लामा आवश्यक उत्तरपुस्तिका पुगिसकेको र जिल्लाका इकाई प्रमुखहरूसँग परीक्षा सञ्चालन र व्यवस्थापन सम्बन्धमा दुई दिने अभिमुखीकरण कार्यक्रम पनि गरिसकेको बताए । 

यस्तै, परीक्षा सञ्चालन र व्यवस्थापनतर्फको खर्च रकम पनि सबै जिल्लामा पठाइसकिएको उनको भनाइ छ । शिक्षा विकास निर्देशनालय सुर्खेतले परीक्षा व्यवस्थापन गर्न परीक्षा केन्द्रका लागि एक करोड २४ लाख ९५ हजार सात सय ५० रुपैयाँ, इकाईका लागि  १४ लाख ३४ हजार सात सय ५० रुपैयाँ गरी जिल्लामा जाने कुल बजेट एक करोड ३९ लाख ३० हजार पाँच सय रुपैयाँ छुट्टाएको जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ११ : ४६ बजे

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथि छलफल

काठमाडौं– विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको प्रतिनिधिसभा बैठकमा छलफल

स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारबारे मन्त्री मेहता र कोरियाली राजदूतबीच छलफल

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका

टुँडिखेलमा दुबो रोप्ने काम तीव्र (तस्बिरहरू)

काठमाडौं- राजधानीको ऐतिहासिक तथा प्रमुख खुला सार्वजनिक क्षेत्र टुँडिखेलमा हरियाली

अझै निको भएनन् नेयमार, नकआउट चरणसम्म ब्राजिलको टोलीमा फर्किने सम्भावना कमजोर

न्यूयोर्क- ब्राजिलका स्टार फरवार्ड नेयमारले जारी विश्वकपको नकआउट चरणका खेल

होर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

एजेन्सी– अमेरिका–इरान शान्ति सम्झौता पछि स्ट्रेट अफ होर्मुज मार्फत ढुवानी