इजरायलद्वारा गजामा आक्रमण, हमासले भन्यो– सयभन्दा बढी मानिस मारिए  « Khabarhub

इजरायलद्वारा गजामा आक्रमण, हमासले भन्यो– सयभन्दा बढी मानिस मारिए 


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायल र विद्रोही हमासबीच भएको पछिल्लो युद्ध विरामपछि इजरायली सेनाले गाजामा अहिलेसम्मकै ठूलो कारबाही गरेको छ । जनवरी १९ बाट सुरु भएको युद्ध विरामपछिको अहिलेसम्मकै ठूलो भनिएको कारबाहीमा सयौँ प्यालेस्टाइनीको मृत्यु भएको छ । 

इजरायली सेनाले गाजा क्षेत्रमा आफ्ना तर्फबाट ठूलो आक्रमण भइरहेको जनाएको छ । बीबीसीको हिन्दी अनलाइन संस्करणले हमासको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै आक्रमणमा परी कम्तिमा पनि १३० प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । 

यसअघि इजरायल डिफेन्स फोर्सले विद्रोही हमासको लडाकुहरूका गतिविधि भइरहेका स्थानमा आक्रमण सुरु गरिएको बताएको थियो । सोही आक्रमणका क्रममा गाजाका आन्तरिक मामिला उपमन्त्रीसमेत रहेका हमासका सैन्य कमान्डर महमुद अबु वफाह मारिएको खबर अन्तराष्ट्रिय सञ्चारमाध्यममा खबर छ । 

गाजाका प्रत्यक्षदर्शीहरूले मानिसहरू खाना खाइरहेको समयमा आक्रमण भएको बताएका छन् । उनीहरूले आकाशमा २० भन्दा बढी इजरायली लडाकु विमान देखेको पनि जानकारी दिएका छन् । 

ती विमाहरूले गाजा सहर, रफाह र खान युनिसमा एकाएक आक्रमण गरेको बताइएको छ । इजरायलको प्रधानमन्त्री कार्यालयबाट जारी बयानका अनुसार  प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान गाजा क्षेत्रमा आक्रमणका लागि आदेश दिएका थिए ।

बयानमा भनिएको छ, ‘यो आक्रमण हमासद्वारा हाम्रा बन्धकहरू मुक्त गर्न लगातार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट कफ र अन्य मध्यस्थकर्ताद्वारा दिइएको प्रस्ताव खारेज गरेपछि गरिएको हो ।’

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १२ : २० बजे

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन