नेपालमा राजतन्त्र पुनर्स्थापना असम्भव : प्रचण्ड « Khabarhub

नेपालमा राजतन्त्र पुनर्स्थापना असम्भव : प्रचण्ड


४ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा राजतन्त्र पुनर्स्थापना असम्भव भएको दावी गरेका छन् । 

२७औँ सांस्कृतिक प्रतिरोध दिवस, सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०८१ नाम दिएर मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा उनले उक्त दावी गरेका हुन् । 

‘नेपालमा राजतन्त्र पुनर्स्थापना त असम्भव छ । बरु यो बहसले समाजवादको यात्रा फराकिलो पार्ने मद्दत गर्ने छ भन्ने मैले विश्वास हो,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने । 

उनले राजावादीहरूले राजतन्त्र पुनर्स्थापनाका लागि भनेर सुरु गरेको आन्दोलनले नेपाली जनतालाई अझ बढी चेतनशील बनाउने पनि जिकिर गरे ।
 
‘अहिले जुन डिबेट सुरु भएको छ, मेरो विचारमा यो डिबेटले नेपाली जनतालाई अझ बढी चेतनशील बनाउन, समाजवादी क्रान्तितिर अग्रसर हुनका लागि नयाँ विचार, नयाँ सिद्धान्त, नयाँ रणनीतिको खोजी गर्ने अवसर हुनेछ,’ प्रचण्डले भने ।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  ३ : १० बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड