जनमतको दाबी- अध्यक्ष रञ्जिता पनि पार्टी एकताको पक्षमा हुनुहुन्छ    « Khabarhub

जनमतको दाबी- अध्यक्ष रञ्जिता पनि पार्टी एकताको पक्षमा हुनुहुन्छ   


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डा. सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पार्टी एकताको पक्षमा रहेको दाबी गरेको छ । 

अध्यक्ष डा. राउत र नाउपा अध्यक्ष श्रेष्ठबीच चैत २ गते संसद् भवन बानेश्वरमा भेट भएको थियो ।  भेटमा पार्टी एकताका विभिन्न विषयमा छलफल भएको बताइएको छ। 

भेटपछि जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले रञ्जिता पनि पार्टी एकताको पक्षमा रहेको दाबी गरे । नाउपा संरक्षक रेशम चौधरी र राउतबीच पार्टी एकताको विषयमा छलफल भए पनि रञ्जितासँग छलफल भएको थिएन । रञ्जिता एकताको पक्षमा रहेको नेताहरूको भनाइ छ । 

‘रञ्जिता म्याडम पनि सकारात्मक हुनुहुन्छ । पार्टी एकताबारे प्रक्रिया अगाडि बढाउने कुरा भएको छ रे । हाम्रो अध्यक्ष ज्यूले पनि यही कुरा गर्नुभएको छ ।’ यादवले खबरहबलाई भने, ‘उहाँहरूको केन्द्रीय कमिटी बैठक बसेर टुङ्गो लगाउने छलफल भएको छ ।’  

यसबारे रञ्जिता भने बोल्न चाहेकी छैनन् । उनका श्रीमान् तथा पार्टी संरक्षक रेशम चौधरी भने जनमतसँग पार्टी एकता गर्ने  प्रक्रिया अगाडि बढिसकेको दाबी गर्छन् ।  

यता नाउपाले चैत १५ गतेभित्र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ ।

नाउपा सांसद गंगा राम चौधरीले भने, ‘हाम्रो केन्द्रीय कमिटी बैठकले निर्णय गर्छ । पार्टी एकताबारे पुरै जानकारी आएको छैन ।’

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ५ : ०१ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा