कराँचीमा आपराधिक घटना बढ्दै « Khabarhub

कराँचीमा आपराधिक घटना बढ्दै


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको कराँची शहरमा आपराधिक घटना बढ्दै जान थालेको पाइएको छ । यस वर्ष सन् २०२५ को शुरुवातदेखि हालसम्म कराँचीमा भएका आपराधिक घटनामा परी १९ जनाले ज्यान गुमाइसकेका छन् ।

कराँची प्रहरी र स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै इस्लामखबरले जनाएअनुसार कराँचीमा हिंसात्मक अपराधबाहेक डकैती, सवारी चोरी, पाकेटमारीजस्ता गतिविधि पनि बढ्दै गएको छ । अपराधीहरूले खासगरी पैदल यात्रु, सवारी साधनमा यात्रा गर्ने, पसले र बैंक एवम् एटीएमबाट पैसा बोकेर निस्कने मानिसलाई निशाना बनाउने गरेका छन् ।

शहरमा आपराधि घटना बढ्दै जाँदा स्थानीय बासिन्दामा खासगरी रातिको समयमा डरको वातावरण बनेको इस्लामखबरले उल्लेख गरेको छ । आपराधिक घटनामा प्रायः संगठित गिरोहको संलग्नता रहेको बताइएको छ ।

अपराधीहरू मोटरसाइकलमा आउने र लुटपाट गरेर भाग्ने गरेका छन् । भनेको नमान्नेलाई अपराधीले गोली हानेर हत्या गर्ने गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ५ : ५३ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा