कराँचीमा आपराधिक घटना बढ्दै « Khabarhub

कराँचीमा आपराधिक घटना बढ्दै


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको कराँची शहरमा आपराधिक घटना बढ्दै जान थालेको पाइएको छ । यस वर्ष सन् २०२५ को शुरुवातदेखि हालसम्म कराँचीमा भएका आपराधिक घटनामा परी १९ जनाले ज्यान गुमाइसकेका छन् ।

कराँची प्रहरी र स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै इस्लामखबरले जनाएअनुसार कराँचीमा हिंसात्मक अपराधबाहेक डकैती, सवारी चोरी, पाकेटमारीजस्ता गतिविधि पनि बढ्दै गएको छ । अपराधीहरूले खासगरी पैदल यात्रु, सवारी साधनमा यात्रा गर्ने, पसले र बैंक एवम् एटीएमबाट पैसा बोकेर निस्कने मानिसलाई निशाना बनाउने गरेका छन् ।

शहरमा आपराधि घटना बढ्दै जाँदा स्थानीय बासिन्दामा खासगरी रातिको समयमा डरको वातावरण बनेको इस्लामखबरले उल्लेख गरेको छ । आपराधिक घटनामा प्रायः संगठित गिरोहको संलग्नता रहेको बताइएको छ ।

अपराधीहरू मोटरसाइकलमा आउने र लुटपाट गरेर भाग्ने गरेका छन् । भनेको नमान्नेलाई अपराधीले गोली हानेर हत्या गर्ने गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ५ : ५३ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी