अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारतको भ्रमण गर्ने « Khabarhub

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारतको भ्रमण गर्ने


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी उपराष्ट्रपति जेडी भान्स र द्वितीय महिला उषा भान्सले भारतको भ्रमण गर्ने भएका छन् । उपराष्ट्रपति भान्स चाँडै भारत जान लागेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

यो उपराष्ट्रपतिका रुपमा भान्सको दोस्रो विदेश भ्रमण हुनेछ । यसअघि भान्सले युरोप भ्रमण गरिसकेका छन् । स्रोतलाई उद्धृत गर्दै अमेरिकी डिजिटल अखबार पोलिटिकोका अनुसार भान्सले भारतमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

भारतीय सामानमाथि भन्सार बढाउने ट्रम्प प्रशासनले चेतावनी दिइरहेका बेला भान्सले भारत भ्रमण गर्न लागेका हुन् ।

यसअघि भान्स र मोदीबीच पेरिसमा भेटवार्ता भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । त्यसैगरी, द्वितीय महिला उषा भान्स भारतीय मूलकी रहेकाले पनि यो भ्रमण विशेष हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ६ : ०६ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा