पाकिस्तानमा औषधिको अभाव « Khabarhub

पाकिस्तानमा औषधिको अभाव


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा अत्यावश्यक औषधिको अभाव देखिएको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा रहेको बहावल विक्टोरिया अस्पतालमा औषधिको अभाव भएको हो ।

औषधिको अभावका कारण बिरामीहरु मर्कामा परेको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनले जनाएको छ । औषधिको अभावले दूरदराजबाट उपचारका लागि आएका बिरामीहरु निजी फार्मेसीबाट महँगो औषधि किन्न बाध्य भएका छन् ।

ट्रिब्युनका अनुसार यो अस्पताल दक्षिणी पञ्जाबकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था हो । अस्पतालको बहिरंग विभागमा एन्टिबायोटिक्स, पेरासिटामोल, कफ सिरपजस्ता ५२ वटा अत्यावश्यक औषधिहरू उपलब्ध छैनन् ।

अस्पतालका मेसु आमिर बुखारीका अनुसार बजेट नभएका कारण औषधिको अभाव भएको हो । अस्पतालले औषधि खरिदका लागि १ अर्ब २५ करोड पाकिस्तानी रुपैयाँ माग गरेकोमा सरकारले केबल ५३ करोड रुपैयाँमात्र उपलब्ध गराएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १० : ५२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण