एर्दोआनका प्रतिद्वन्द्वी समातिएपछि टर्कीमा विरोध प्रदर्शन सुरु « Khabarhub

एर्दोआनका प्रतिद्वन्द्वी समातिएपछि टर्कीमा विरोध प्रदर्शन सुरु


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल – अधिकारीहरूले इस्तानबुलका मेयरलाई समातेपछि टर्कीमा विरोध प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीहरूले सडक र विश्वविद्यालय क्याम्पस अनि भूमिगत स्टेशनहरूमा सरकार विरोधी नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

कयौँ वर्षयता टर्कीमा सरकार विरोधी यस्तो क्रोध देखिएको थिएन । टर्कीको सबैभन्दा ठुलो सहरमा प्रहरी र प्रदर्शनकारीहरूबिच झडपको खबर आएको छ ।

राष्ट्रपतिको उम्मेदवार चयन भएको केही दिनमै रिपब्लिकन पिपल्स पार्टीका उम्मेदवार एक्रेम इमामोग्लुलाई पक्राउ गरिएको थियो । आसन्न निर्वाचनमा इमामोग्लुलाई राष्ट्रपति रेसेप तैयप एदोआनका सबैभन्दा बलियो राजनीतिक प्रतिद्वन्द्वीको रूपमा हेरिएको थियो । इमामोग्लुमाथि अभिआयोजकहरूले भ्रष्टाचार र आतङ्कवादी समूहलाई सहयोग गरेको आरोप लगाएका छन् ।

प्रहरीले छानबिनको क्रममा सयभन्दा धेरै अन्य राजनीतिज्ञ, पत्रकार र व्यवसायी समेत पक्राउ गरेको थियो । इस्तानबुलको गभर्नरको कार्यालयले सहरमा चार दिनको प्रतिबन्ध लागू गरेका छन् । प्रतिबन्धका कारण प्रदर्शनकारीहरूले इस्तानबुल बाहेक देशका अन्य स्थानमा प्रदर्शन चर्काएका छन् । इमामोग्लुको पक्राउलाई धेरैले भावी राष्ट्रपतिलाई कू गरेको रूपमा बुझेका छन् ।

जनताको इच्छा दबाउन नसकिने अनलाइनबाट इमामोग्लुले भनेका थिए । हालैका महिनामा विपक्षी दलका नेता, पत्रकार र मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरूलाई लक्षित गरेर टर्की सरकारले भ्रष्टाचार विरोधी कारबाही चर्को पारेको थियो । यसै क्रममा इमामोग्लु र अन्यलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ७ : १४ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण