मालदिभ्स समृद्ध हुन भारतको सहयोग आवश्यक : पूर्वराष्ट्रपति नशिद « Khabarhub

मालदिभ्स समृद्ध हुन भारतको सहयोग आवश्यक : पूर्वराष्ट्रपति नशिद


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मालदिभ्स समृद्ध हुन भारतको सहयोग अपरिहार्य रहेको मालदिभ्सका पूर्वराष्ट्रपतिले बताएका छन् । भारत भ्रमणमा रहेका मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नशिदले आफ्नो मुलुकको समृद्धि र सुरक्षाका लागि भारतको भूमिका निकै महत्वपूर्ण रहेको बताएका हुन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा पूर्वराष्ट्रपति मोहम्मद नशिदले भारतसँग राम्रो सम्बन्ध नभए मालदिभ्स समृद्ध हुन नसक्ने जिकिर गरे । पछिल्लो समय दुई मुलुकबीचको सम्बन्ध सुमधुर बन्दै गएको पनि उनले बताए ।

हालै चीनसँग हस्ताक्षर गरेको खुला व्यापार सम्झौताका कारण मालदिभ्सको आर्थिक सार्वभौमिकतामा जोखिम उत्पन्न हुने चिन्ताबीच पूर्वराष्ट्रपतिको यस्तो भनाइ आएको हो । मालदिभ्स र चीनबीच ७० करोड अमेरिकी डलर बराबरको द्विपक्षीय व्यापार हुने गरेको बताइन्छ ।

जसमध्ये मालदिभ्सले चीनबाट ९७ प्रतिशत सामान आयात गर्छ भने केबल ३ प्रतिशत सामान निर्याय गर्छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ३ : २९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण